आज देशभर वर्षा हुने « Khabarhub

आज देशभर वर्षा हुने


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। 

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । साथै मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जनचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

राती भने मधेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जनचट्याङ्गसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ।

हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ६ : २७ बजे

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका

बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’

वाशिङ्गटन डिसी – अमेरिकामा जनवरी महिना यसै चिसो हुन्छ ।

स्वास्थ्य बीमाले ओपीडी सेवा घटाउँदै, वर्षमा २५ हजारको मात्रै सुविधा पाइने 

काठमाडौं– स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी)

जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र

साउथ सुपरस्टार रामचरण बने जुम्ल्याहा सन्तानका पिता

काठमाडौँ– दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रामचरण र उनकी पत्नी