खानामा विष मिसाउने चिनियाँ महिला शिक्षिकालाई मृत्युदण्ड « Khabarhub

खानामा विष मिसाउने चिनियाँ महिला शिक्षिकालाई मृत्युदण्ड


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा एक महिला शिक्षकलाई मृत्युदण्ड दिइएको छ । महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये  एक बालकको मृत्यु भएको आरोपमा मृत्युदण्ड दिइएको हो ।

विष मिसाएको खाना खाएपछि २४ बालबालिकाको अवस्था नाजुक बनेको थियो । यस घटनामा दोषी ठहरिएपछि ती शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो ।

चीनको हेनान प्रान्तको यो घटना चार वर्ष पुरानो हो, जब एक शिक्षकले यो घृणित घटना घटाएकी थिइन् । दोषी शिक्षकले बालबालिकालाई नाइट्रेटको रुपमा विष दिएकी थिइन् । 

यसपछि २०२० मा नै सजाय भोगेका आरोपी शिक्षिकालाई प्रहरीले हिरासतमा लिएको थियो । तर, ३९ वर्षीय वाङ युनले सन् २०२० को सेप्टेम्बरमा सुनाइएको सजायको विरुद्ध हेनान प्रान्तको जियाओजुओ सिटी इन्टरमिडिएट पिपुल्स कोर्टमा अपिल गरे जुन अदालतले खारेज गरिदियो।

चिनिया सञ्चारमाध्यमका अनुसार गत शुक्रबार अदालतले वाङको अपराधको पहिचान पुष्टि गर्यो, उसलाई मृत्युदण्डको स्थलमा लगियो र मृत्युदण्डको सजाय सुनाइएको थियो । 

विद्यार्थीहरूको व्यवस्थापन भन्ने विषयमा एक सहकर्मीसँगको विवादपछि २७ मार्च २०१९ मा मेङ्मेङ प्रि स्कूल एजुकेशनमा बालबालिकाहरूलाई दिइने खाजामा विषाक्त सोडियम नाइट्राइट थपेको वाङलाई दोष लगाइएको थियो।

चिनियाँ सञ्चारमाध्यमका अनुसार विषाक्त खाना खाएका बालबालिका उपचारपछि निको भए पनि एक बालकको अवस्था भने निरन्तर बिग्रँदै गएको थियो । र १० महिनाको उपचारपछि उनको मृत्यु भयो । वाङको यो केसले चीन लगायत विश्वको ध्यानाकर्षण गराएको थियो ।

मानव अधिकार एनजीओ एम्नेस्टी इन्टरनेशनलको अनुमान अनुसार चीनले हरेक वर्ष हजारौं मानिसलाई मृत्युदण्ड दिने गरेको छ, जुन अन्य कुनै पनि देशको तुलनामा धेरै हो।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : २१ बजे

खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो

हेटौँडा– हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।