एनआरएनए साउदीको आसन्न राष्ट्रिय अधिवेशन स्थगित | Khabarhub Khabarhub

एनआरएनए साउदीको आसन्न राष्ट्रिय अधिवेशन स्थगित


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको आसन्न राष्ट्रिय अधिवेशन स्थगित भएको छ ।

 एनआरएनए साउदीका वर्तमान अध्यक्ष डमर यादवले सामाजिक संजाल फेसबुकमा विभिन्न असहमति राख्दै अधिवेशन हाललाई स्थगित गर्नुपरेको जानकारी दिएका छन् । 

हरेक अधिवेशनमा प्रकाशन हुनै पर्ने मतदाताहरूको नामावली (सूची) प्रकाशन नै नगरी उम्मेदवारी आह्वान गरेको तथा एनआरएनएको विधानको दफा १४.३ बमोजिम मतदाताहरू २०:१ को समानुपातिक प्रणालीमा वरियता र अनुभवका आधारमा एलसिसी, आरसिसीहरूले छनोट गरी निर्धारित समयभित्रै पठाउनुपर्नेमा म अध्यक्ष समक्ष त्यस्ता सूची प्राप्त नभएको उनले बताए ।

गठित निर्वाचन समितिका संयोजक राजेन्द्र (जोन) अर्यालले उनको नियुक्ति सार्वजनिक भए लगत्तै म स्वयमसंग आफ्नी श्रीमतीलाई रबिना अर्याललाई आगामी कार्यकालको लागि अध्यक्षमा समर्थन गर्न दबाब दिएको अध्यक्ष यादवले आरोप लगाएका छन् ।

उनको श्रीमतीलाई अध्यक्षमा समर्थन गर्दा संघको सर्वमान्य आचार संहिताको बुंदा ३(ङ)मा खोजिएको निष्पक्षता र तटस्थता उलङ्घन गरेको साथै आचार संहिताकै बुंदा ४(क)मा निशेध गरिएको नातावाद, परिवारवादलाई बढावा दिएको यादवको भनाइ छ ।

उनले विभिन्न आरोप लगाउदै एनआरएनए साउदीको बुंदा ६.१ बमोजिम नियुक्त भएका निर्वाचन संयोजक राजेन्द्र अर्याललाई तत्काल राजिनामा दिन र राजिनामा नगरे निजलाई अविलम्ब बर्खास्त गर्न माग गरेका छन् । 

नयाँ परिस्थिति अनुसार नयाँ निर्वाचन समिति बनाएर कम्तिमा ३० दिनको समय दिएर मात्र राष्ट्रिय अधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ३ : ०८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’