एनआरएनए साउदीको आसन्न राष्ट्रिय अधिवेशन स्थगित « Khabarhub

एनआरएनए साउदीको आसन्न राष्ट्रिय अधिवेशन स्थगित


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको आसन्न राष्ट्रिय अधिवेशन स्थगित भएको छ ।

 एनआरएनए साउदीका वर्तमान अध्यक्ष डमर यादवले सामाजिक संजाल फेसबुकमा विभिन्न असहमति राख्दै अधिवेशन हाललाई स्थगित गर्नुपरेको जानकारी दिएका छन् । 

हरेक अधिवेशनमा प्रकाशन हुनै पर्ने मतदाताहरूको नामावली (सूची) प्रकाशन नै नगरी उम्मेदवारी आह्वान गरेको तथा एनआरएनएको विधानको दफा १४.३ बमोजिम मतदाताहरू २०:१ को समानुपातिक प्रणालीमा वरियता र अनुभवका आधारमा एलसिसी, आरसिसीहरूले छनोट गरी निर्धारित समयभित्रै पठाउनुपर्नेमा म अध्यक्ष समक्ष त्यस्ता सूची प्राप्त नभएको उनले बताए ।

गठित निर्वाचन समितिका संयोजक राजेन्द्र (जोन) अर्यालले उनको नियुक्ति सार्वजनिक भए लगत्तै म स्वयमसंग आफ्नी श्रीमतीलाई रबिना अर्याललाई आगामी कार्यकालको लागि अध्यक्षमा समर्थन गर्न दबाब दिएको अध्यक्ष यादवले आरोप लगाएका छन् ।

उनको श्रीमतीलाई अध्यक्षमा समर्थन गर्दा संघको सर्वमान्य आचार संहिताको बुंदा ३(ङ)मा खोजिएको निष्पक्षता र तटस्थता उलङ्घन गरेको साथै आचार संहिताकै बुंदा ४(क)मा निशेध गरिएको नातावाद, परिवारवादलाई बढावा दिएको यादवको भनाइ छ ।

उनले विभिन्न आरोप लगाउदै एनआरएनए साउदीको बुंदा ६.१ बमोजिम नियुक्त भएका निर्वाचन संयोजक राजेन्द्र अर्याललाई तत्काल राजिनामा दिन र राजिनामा नगरे निजलाई अविलम्ब बर्खास्त गर्न माग गरेका छन् । 

नयाँ परिस्थिति अनुसार नयाँ निर्वाचन समिति बनाएर कम्तिमा ३० दिनको समय दिएर मात्र राष्ट्रिय अधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ३ : ०८ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप