नेप्से सूचकमा १२.१६ अंकको वृद्धि « Khabarhub

नेप्से सूचकमा १२.१६ अंकको वृद्धि


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्षको अन्तिम दिन आइतबार सेयर बजार बढेर बन्द भएको छ । नेप्से सूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा आएको छ । २ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

यस दिन विशेषगरी म्युचुअल फन्ड र डिबेञ्चरहरुको भाउ धेरै बढेको छ । ४ वटा कम्पनी तथा फन्डहरु सकारात्मक सर्किट लेबलमा वृद्धि भएका छन् । सूचक वृद्धि भए पनि यस दिन कारोबार रकम भने अलि सुस्त देखिएको छ ।

 अन्तिम दिन लगानीकर्तालाई बैंकलाई साँवा-ब्याजको कित्ता बुझाउने तथा अन्य प्रकारका करहरु तिर्ने चटारो हुन्छ । यस्तै, कम्पनी तथा संस्थागत लगानीकर्ता पनि यही काममा केन्द्रित भएका हुन्छ ।

यस दिन २८६ कम्पनीको ७१ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । १९ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र माउन्टेन इनर्जी परेका छन् । 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ३ : ५३ बजे

इरानको ग्यास क्षेत्र ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल प्राकृतिक ग्यास

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट १५

शपथको अन्योलबीच पोखरामा पुस्तक बेच्दै महावीर : भन्छन्- “मेयर साहब, गाह्रो नमानी दिनुहोला”

पोखरा– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट भारी

काठमाडौँमा बहुगन्तव्य शैक्षिक मेला हुने

काठमाडौँ– उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

नीम र तेलको महिमा: के छ यसको शास्त्रीय र वैज्ञानिक महत्त्व?

काठमाडौँ – आज चैत ५ गते, शरीरमा तेल लगाउने र