कर्णालीका घरघरमा स्टिकर टाँस्ने अभियान सुरु « Khabarhub

कर्णालीका घरघरमा स्टिकर टाँस्ने अभियान सुरु


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका  घरघरमा स्टिकर टाँस्ने अभियान सुरु भएको छ । सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आजदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँसेको हो।  

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सो अभियानको सुरुवात गरेका छन् । अभियानको सुरुवात गर्दै उपप्रधानमन्त्री खड्काले सो कार्यक्रमले प्रहरीलाई जनतासँग नजिक हुन थप मद्दत पुग्ने बताए । आपतविपद पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरीसँग पहुँच बढाउन सकिने भएकोले उक्त अभियानले प्रहरीलाई जनमैत्री हुन सघाउने उनले उल्लेख गरे। उपप्रधानमन्त्री खड्काले उक्त अभियानलाई सहयोग गर्न सबैलाई आह्वान गरेका छन् ।  

कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले प्रहरीको सेवालाई नागरिकमैत्री बनाउन यो अभियानले सहयोग पुग्ने बताए। प्रहरीले आफ्नो सेवा सहज बनाउन, जनताको प्रहरीसँग पहुँच बढाउन तथा सुरक्षित प्रदेश बनाउनका लागि घरघरमा प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस्ने अभियान थालिएको उनले बताए ।

कर्णाली प्रदेशका तीन लाख ७१ हजारभन्दा बढी घरमा स्टिकर टाँसिने छ । डीआईजी ढकालले तीन महिनासम्म स्टिकर टाँसिने र यसका लागि तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिने जानकारी दिए । स्टिकर टाँस्दा पारिवारिक तथ्यांक पनि लिइनेछ । कर्णालीमा प्रदेश प्रहरीले यसअघि नागरिक सहजकर्ता अभियान पनि सञ्चालन गरिसकेको छ । जसबाट यस प्रदेशका १० वटा जिल्लामा २२ हजार बढी नागरिकले सेवा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले नागरिकलाई जनतासँग जोड्नका लागि यो अभियानले सहयोग पुग्ने बताए । उनले अभियानलाई सार्थक बनाउन प्रहरी तथा नागरिक सबैसँग हातेमालो गर्नुपर्ने जिकिर गरे । 

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष ललित बसेलले अभियान प्रदेशवासीको भएकाले सार्थक बनाउन सहयोगको आग्रह गरेका छन् । स्टिकरमा जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, दमकल, एम्बुलेन्स र बाल हेल्पलाइनको सम्पर्क नम्बर उल्लेख गरिएको छ । 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ४ : ५० बजे

रोनाल्डोको नियति: १६ वर्षअघिकै अवस्थामा स्पेनसँग हार्दै विश्वकपबाट बाहिरिए

काठमाडौँ – फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोका लागि

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च