राष्ट्रिय भूमि आयोगद्वारा निस्सा वितरण « Khabarhub

राष्ट्रिय भूमि आयोगद्वारा निस्सा वितरण


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पाटन– राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिकाको वडा नं ७ मा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आज आइतबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको उपस्थितिमा आयोग जिल्ला समिति ललितपुरले १४ भूमिहीन परिवारलाई निस्सा वितरण गरेको हो । 

भूमि आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार उपत्यकामै पहिलो पटक गोदावरी नगरपालिकाको वडा नं ७ देविचौरमा तीन जना भूमिहीन दलित सहित १४ परिवार भूमिहीनलाई निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले यसअघि जेठ ३१ गते बागमती गाउँपालिकाका ९४ भूमिहीनलाई निस्सा वितरण गरेको थियो ।

“हामीले आवश्यक प्रक्रिया सम्पन्न गरी ललितपुरमा बागमती गाउँपालिका र गोदावरी नगरपालिका वडा नं ७ का समेत गरी एक सय आठ भूमिहीनलाई निस्सा वितरण गरेका छौँ । निस्सा उपलब्ध भएपछि पुर्जा वितरणका लागि आधा काम सम्पन्न भएको मानिन्छ”, संयोजक महर्जनले भने । 

त्यस अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुई महिनाभित्र नगरपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताए। 

“आज यस नगरपालिकाको वडा नं ७ मा निस्सा वितरणको काम सम्पन्न भएको छ, भूमि आयोगसँगको समन्वयमा हामी दुई महिनाभित्र नगरका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्छौं । काम द्रुत गतिमा अगाडि बढ्छ, सम्भव भएसम्म दसैँअगावै पुर्जा वितरणको कामलाई अगाडि बढाउने छौँ”, नगरप्रमुख महर्जनले भने । 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ५ : ०२ बजे

प्राधिकरणको प्रस्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ