राष्ट्रिय भूमि आयोगद्वारा निस्सा वितरण | Khabarhub Khabarhub

राष्ट्रिय भूमि आयोगद्वारा निस्सा वितरण


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पाटन– राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिकाको वडा नं ७ मा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आज आइतबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको उपस्थितिमा आयोग जिल्ला समिति ललितपुरले १४ भूमिहीन परिवारलाई निस्सा वितरण गरेको हो । 

भूमि आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार उपत्यकामै पहिलो पटक गोदावरी नगरपालिकाको वडा नं ७ देविचौरमा तीन जना भूमिहीन दलित सहित १४ परिवार भूमिहीनलाई निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले यसअघि जेठ ३१ गते बागमती गाउँपालिकाका ९४ भूमिहीनलाई निस्सा वितरण गरेको थियो ।

“हामीले आवश्यक प्रक्रिया सम्पन्न गरी ललितपुरमा बागमती गाउँपालिका र गोदावरी नगरपालिका वडा नं ७ का समेत गरी एक सय आठ भूमिहीनलाई निस्सा वितरण गरेका छौँ । निस्सा उपलब्ध भएपछि पुर्जा वितरणका लागि आधा काम सम्पन्न भएको मानिन्छ”, संयोजक महर्जनले भने । 

त्यस अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले दुई महिनाभित्र नगरपालिकाका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्ने बताए। 

“आज यस नगरपालिकाको वडा नं ७ मा निस्सा वितरणको काम सम्पन्न भएको छ, भूमि आयोगसँगको समन्वयमा हामी दुई महिनाभित्र नगरका सबै वडामा निस्सा वितरणको काम सम्पन्न गर्छौं । काम द्रुत गतिमा अगाडि बढ्छ, सम्भव भएसम्म दसैँअगावै पुर्जा वितरणको कामलाई अगाडि बढाउने छौँ”, नगरप्रमुख महर्जनले भने । 

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ५ : ०२ बजे

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टि

काठमाडौं– इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला

उद्योगमन्त्री भण्डारीकाे सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्पत्ति सार्वजनिक गरेका

उपप्रधानमन्त्री महासेठको सम्पत्ति : ४३ तोला सुन, दुई वटा घर र २ करोड नगद

काठमाडौं– मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको

महिलामन्त्री चौधरीसँग काठमाडौंमा २ कराेडको घडेरी, १ करोड ऋण

काठमाडौं– महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याणमन्त्री भगवती चौधरीसँग

सम्पत्ति विवरणमा रक्षामन्त्रीको केरमेट : ३५ किलो सुन लेखेर २५ तोलामा झारे

काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सम्पत्ति विवरणमा व्यापक केरमेट गरेका