कञ्चनपुरमा लागूऔषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी « Khabarhub

कञ्चनपुरमा लागूऔषधसम्बन्धी मुद्दा चार वर्षयताकै बढी


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

धनगढी- कञ्चनपुरमा लागूऔषधसम्बन्धी मुद्दा चारवर्ष यताकै बढी रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०७९/८० को वार्षिक गतिविधि सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी लागूऔषधसम्बन्धी १५४ मुद्दा दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले लागूऔषध मुद्दामा १४ भारतीय नागरिकसहित दुई सय ८२ जना पक्राउ परेको जानकारी दिए ।

त्यसैगरी गत आर्थिक वर्षमा लागूऔषधका एक सय ४३ मुद्दा दर्ता भएकामा दुई सय ३९ जना पक्राउ परेका थिए । प्रहरी उपरीक्षक थापाले भने–“यहाँ हरेक दिन लागूऔषध सेवनकर्ता पक्राउ पर्ने गर्छन् ।”

खुल्ला सिमानाका कारण भारतबाट विभिन्न लागूऔषध लुकिछिपी ल्याउने गरेको पाइएको छ । चालु आर्थिक वर्षमा कञ्चनपुर प्रहरीले २६ किलोग्राम भन्दा बढी चरेश, ५४७.७९ ग्राम खैरो हेरोइन, ३६ ट्याबलेट नाइट्राभेटलगायत लागूऔषध बरामद गरेको छ ।

त्यसैगरी चालु आर्थिक वर्षमा प्रहरीले विभिन्न बेवारिसे सामान बरामद गरी रु दुई करोड २१ लाख ३४ हजार बराबरको सामग्री भन्सार चलान गरेको छ ।

गत वर्ष यहाँ रु एक करोड १७ लाख ५४ हजारको बेवारिसे सामग्री भन्सार पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै चालु आर्थिक वर्षमा यहाँ ७२ फरार अभियुक्त पक्राउ परेका छन् । वर्षभरिमा कूल नौ सय ७५ मुद्दा दर्ता भएकामा छ सय ६७ मुद्दा फछर्यौट गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा नियमविपरीत औषधि पसल सञ्चालन गर्दै आएका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । यसअघि कञ्चनपुर प्रहरीले यहाँका विभिन्न क्षेत्रबाट ११ भारतीय नागरिकलाई अवैध रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ५ : १५ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील