दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति, राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण, सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्छौँ : गृहमन्त्री राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश, भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्तलगायतका समाचारले प्रमुख स्थान पाए ।

ललिता निवास प्रकरण : आरोपितलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

न्यायाधीश दयाराम ढकालको इजलासले मिनबहादुर गुरुङ सहित १७ जनालाई सरकारी कागजात कीर्तेको उजुरीमाथि अनुसन्धानका सिलसिलामा थुनामा राख्न अनुमति दिएको हो ।

राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रमाणीकरण गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरेर सभामुख देवराज घिमिरेले प्रमाणित गरेर पठाएको विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको आर्थिक वर्ष २०७८-७९ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित एक समारोहमा राष्ट्रपति पौडेलसमक्ष प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् ।

सरकारले सहकारी पीडितको समस्या समाधान गर्नुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा उनले बचतकर्ताको रकम फिर्ता गराउनका लागि सरकारले विशेष चासो दिनुपर्नेमा जोड दिए ।

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा भाग लिन आज थाइल्याण्ड प्रस्थान गरेका छन् ।

वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गरौँ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गरेका छन् ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा आफ्नो धारणा राख्दै महामन्त्री शर्माले भने– “सहकारीकर्मीहरु आन्दोलनमा छन् ।

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन्। भोलि सोमबार दिउँसो २ बजे आफ्नो निवासमा देउवाले छलफलका लागि बैठक बोलाएका हुन्।

अर्थमन्त्री महत भारत प्रस्थान

जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत आज भारत प्रस्थान गरेका छन् ।

भारतको गुजरातस्थित गान्धीनगरमा भोलिदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री भारत प्रस्थान गरेका हुन् ।

सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्छौँ : गृहमन्त्री
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्पूर्ण सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्ति केन्द्रको भूमिकाबाट मुक्त राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृह मन्त्रालयमा आज ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्वउच्च अधिकारीसँग भएको छलफलमा उनले संविधान, कानुन र आफ्नो जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र माहतहका सङ्गठन अगाडि बढाइने बताएका हुन् ।

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने

चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो ।

भारतबाट आयो पेट्रोल र डिजेलको नयाँ मूल्य सूची

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ ।

गुठीसँग सम्बन्धित जग्गाको समस्या समाधान गर्न सांसद बाँस्कोटाको माग

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले गुठीसँग सम्बन्धित जग्गाहरूमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले देशभर गुठीसँग सम्बन्धी जग्गाहरूमा समस्या रहेकाले तत्काल समाधान गर्न माग गरेका हुन् ।

रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु

जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

भारत सरकारद्वारा नेपाललाई एम्बुलेन्स र स्कुल बस प्रदान

काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स र स्कुल बसको चाबी हस्तान्तरण गरेको सो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

श्रमिकलाई विमानस्थलबाट फर्काएपछि अध्यागमन अगाडि प्रदर्शन

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा हिँडेका श्रमिकलाई विमानस्थलबाट फर्काएको भन्दै अध्यागमन विभाग अगाडि प्रदर्शन गरिएको छ ।

वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले फर्काएको भन्दै आइतबार विभाग अगाडि विरोधमा प्रदर्शन गरिएको हो ।

भलिबल टिमका कप्तान हरिहजुर थापा बर्खास्त

नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ ।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : ०० बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त