कैलालीबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

कैलालीबाट लागूऔषधसहित ६ जना पक्राउ


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीबाट लागूऔषधसहित प्रहरीले एकै दिन ६ जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जना युवक र एक युवतीसहित ६ जनालाई पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका–४ गोदावरीबाट दुई ग्राम ८६० मिलीग्राम लागुऔषधसहित कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ बैबाहकी २० वर्षीया कबिता बस्नेतसहित तीन जनालाई शनिबार दिउँसो पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट १० ग्राम लागूऔषधसहित धनगढीकै बैयाबेहडी बस्ने बैतडी मेलौली नगरपालिका–२ घर भएका २२ वर्षीय मनोज चन्द पनि शनिबार साँझ पक्राउ परेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो । साथै डडेल्धुरा अमरगढी नगरपालिका–५ का २४ वर्षीय आकाश भट्ट पनि लागूऔषध स्पास १६ क्याप्सुलसहित शनिबार साँझ पक्राउ परेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : ३३ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा