युक्रेनको जवाफी कारबाही सफल नभएको पुटिनको दाबी « Khabarhub

युक्रेनको जवाफी कारबाही सफल नभएको पुटिनको दाबी


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोका सेनालाई पछाडि धकेल्न गत महिना सुरु गरिएको कीभको जवाफी आक्रमण असफल भएको दाबी गरेका छन् ।

युक्रेनले पश्चिमा हतियारको भण्डार र आफ्नो आक्रामक सेनाको निर्माणपछि आफ्नो बहुप्रतीक्षित लडाई सुरु गरेको थियो ।

“सबै शत्रुले हाम्रो प्रतिरक्षालाई तोड्ने प्रयास गर्छन् । आक्रमण सुरु भएदेखि नै उनीहरू सफल भएका छैनन् । शत्रु सफल हुँदैन,” पुटिनले आइतबार प्रसारण भएको एक टेलिभिजन अन्तर्वार्तामा भने।

यूक्रेनले शुक्रवार रूसी सेनासँगको लडाईं कठिन अवस्थामा रहेको बताएको थियो । युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येरमाकले पत्रकारहरूसँग भने, “प्रतिकार आज अपेक्षित छिटो अघि बढिरहेको छैन ।”

कीभका अनुसार गत एक हप्तामा उसका सेना दक्षिणी मोर्चामा करिब दुई किलोमिटर अघि बढेका छन् ।राष्ट्रिय सुरक्षा बलका वरिष्ठ प्रतिनिधि माइकोला उर्शालोभिचले जारी आक्रमणका क्रममा सैनिकहरू कब्जा गरिएको दक्षिणी शहर मेलिटोपोलतर्फ अघि बढेको पत्रकारहरूसँग बताए । आइतबार सेनाले मेलिटोपोल र बर्दयान्स्कतर्फ आक्रामक अभियान सञ्चालन गरिरहेको जनाएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत हप्ता प्रतिज्ञा गरिएका हतियारहरूको ढिलो वितरणले कीभको प्रतिआक्रमणमा ढिलाइ भइरहेको बताएका थिए । उनले उक्त अवसरमा संयुक्त राज्य अमेरिका र अन्य सहयोगीहरूलाई लामो दूरीका हतियार र तोपखाना प्रदान गर्न आह्वान गरेका र्थि।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ९ : ४४ बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३