असार सकिँदा गोरखामा ५० प्रतिशतमात्र रोपाइँ | Khabarhub Khabarhub

असार सकिँदा गोरखामा ५० प्रतिशतमात्र रोपाइँ


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – असारको महिना सकिनै लाग्दा गोरखा जिल्लामा अहिलेसम्म ५० प्रतिशतमात्र रोपाइँ सकिएको छ । अघिल्ला वर्षमा यतिबेला झन्डै ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिने गरेको भए पनि जिल्लामा यस वर्ष भने रोपाइँ गर्न ढिलाइ भएको कृषिज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए ।

आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण मनसुन भित्रिए पनि पर्याप्त पानी नपरेका कारण रोपाइँ गर्न ढिलाइ भएको उनको भनाइ छ । “यस पटक मनसुन ढिलो गरी सुरु भएको छ, मनसुन सुरु भए पनि वर्षा कम हुँदा मूल फुट्न सकेको छैन”, उनले भने, “पानी नपरेपछि जिल्लाभित्रका टारी खेतमा रोपाइँ हुन सकेको छैन ।”

एघार हजार दुई सय ६६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको भए पनि असारको अन्तिम सातासम्ममा यसपालि करिब छ हजार क्षेत्रफल जमिनमा मात्र रोपाइँ सकिएको प्रमुख अधिकारी बताए । अहिलेसम्म दरौदी फाँटहरूमा रोपाइँ धेरै भएको उनले बताए ।

“कुलो तथा सिँचाइको सुविधा भएका फाँट तथा खेतहरूमा भने रोपाइँ लगभग सकिएको छ”, प्रमुख अधिकारीले भने, “त्यस बाहेकका क्षेत्रका किसानहरू रोपाइँका लागि आकाशेपानी कुर्नुपर्ने बाध्यता छ ।”

पानी नपरेपछि रोपाइँ गर्न ढिलाइ भएको ज्यादुर फाँटका किसान वसन्त न्यौपाने बताउनुहुन्छ । “आकाशे पानीको आवश्यकता नपर्ने ठाउँमा रोपाइँ गरेर भ्याइसकिएको छ”, उनले भने, “आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेकाले यसपालि ज्यादुर फाँटमा अहिलेसम्म रोपाइँ गर्न सकिएको छैन, गत वर्ष यति नै बेला फाँटमा रोपाइँ सकिएको हुन्थ्यो ।” पानी नपरेपछि रोपाइँ कहिले गर्ने भन्ने टुङ्गो नभएको न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : ०१ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको