असार सकिँदा गोरखामा ५० प्रतिशतमात्र रोपाइँ « Khabarhub

असार सकिँदा गोरखामा ५० प्रतिशतमात्र रोपाइँ


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – असारको महिना सकिनै लाग्दा गोरखा जिल्लामा अहिलेसम्म ५० प्रतिशतमात्र रोपाइँ सकिएको छ । अघिल्ला वर्षमा यतिबेला झन्डै ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिने गरेको भए पनि जिल्लामा यस वर्ष भने रोपाइँ गर्न ढिलाइ भएको कृषिज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए ।

आकाशे पानीको भर पर्नुपर्ने बाध्यताका कारण मनसुन भित्रिए पनि पर्याप्त पानी नपरेका कारण रोपाइँ गर्न ढिलाइ भएको उनको भनाइ छ । “यस पटक मनसुन ढिलो गरी सुरु भएको छ, मनसुन सुरु भए पनि वर्षा कम हुँदा मूल फुट्न सकेको छैन”, उनले भने, “पानी नपरेपछि जिल्लाभित्रका टारी खेतमा रोपाइँ हुन सकेको छैन ।”

एघार हजार दुई सय ६६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुने गरेको भए पनि असारको अन्तिम सातासम्ममा यसपालि करिब छ हजार क्षेत्रफल जमिनमा मात्र रोपाइँ सकिएको प्रमुख अधिकारी बताए । अहिलेसम्म दरौदी फाँटहरूमा रोपाइँ धेरै भएको उनले बताए ।

“कुलो तथा सिँचाइको सुविधा भएका फाँट तथा खेतहरूमा भने रोपाइँ लगभग सकिएको छ”, प्रमुख अधिकारीले भने, “त्यस बाहेकका क्षेत्रका किसानहरू रोपाइँका लागि आकाशेपानी कुर्नुपर्ने बाध्यता छ ।”

पानी नपरेपछि रोपाइँ गर्न ढिलाइ भएको ज्यादुर फाँटका किसान वसन्त न्यौपाने बताउनुहुन्छ । “आकाशे पानीको आवश्यकता नपर्ने ठाउँमा रोपाइँ गरेर भ्याइसकिएको छ”, उनले भने, “आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेकाले यसपालि ज्यादुर फाँटमा अहिलेसम्म रोपाइँ गर्न सकिएको छैन, गत वर्ष यति नै बेला फाँटमा रोपाइँ सकिएको हुन्थ्यो ।” पानी नपरेपछि रोपाइँ कहिले गर्ने भन्ने टुङ्गो नभएको न्यौपानेको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  १० : ०१ बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३