अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौथो मुद्दा दर्ता  « Khabarhub

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौथो मुद्दा दर्ता 


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अर्को आपराधिक मुद्दा दर्ता भएको छ । उनलाई जर्जियामा चुनावी नतिजा उल्ट्याउन ठगी, धम्की र जालसाजी गरेको आरोप लगाइएको छ। 

ट्रम्पले भने आफूमाथि लगाइएको नयाँ आरोपको निन्दा गरेका छन् । आफ्नो आपराधिक मुद्दाको बारेमा सामाजिक प्लेटफर्म ट्रुथमा लेखेका छन्, ‘मलाई धाँधली भएको महसुस हुन्छ। साढे दुई वर्षअघि उनीहरूले आरोप किन लगाएनन् ? किनभने तिनीहरू मेरो चुनावी अभियानको बीचमा अशान्ति सिर्जना गर्न चाहन्थे।’

गत सोमबार जर्जियाको ग्रान्ड ज्युरीले पूर्व राष्ट्रपतिलाई आपराधिक आरोपमा अभियोग लगाएका थिए । ट्रम्पले २०२० को राष्ट्रपति चुनावमा डेमोक्र्याटबाट पराजयलाई उल्टाउने प्रयास गरेको आरोप छ। यो सँगै ५ महिनामा डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको यो चौथो आपराधिक मुद्दा हो । ट्रम्प पहिले नै न्यूयोर्क, दक्षिण फ्लोरिडा र वाशिङ्टनमा मुद्दाको सामना गरिरहेका छन् ।

पछिल्लो घटनामा पूर्व राष्ट्रपतिसँगै ह्वाइट हाउसका पूर्व चिफ अफ स्टाफ र नेता रुडोल्फ जिउलियानी विरुद्ध पनि मुद्दा दर्ता भएको छ । ट्रम्प विरुद्ध जारी अभियोगमा भनिएको छ, ‘ट्रम्प र यस अभियोगमा संलग्न अन्य अभियुक्तहरूले जानाजानी अवैध रूपमा ट्रम्पको पक्षमा चुनावी नतिजा परिवर्तन गर्ने प्रयास गरेका थिए।’

वास्तवमा यो मामिला जनवरी २, २०२१ को हो । जब ट्रम्पले जर्जियाका शीर्ष निर्वाचन अधिकारी ब्राड राफेन स्परगरलाई फोन गरेर चुनावी नतिजा आफ्नो पक्षमा ल्याउन आदेश दिएका थिए। 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ७ : २८ बजे

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

मुपात्र अर्थात् कहीँ नभएको भक्तपुरको जात्रा

ख्वप (भक्तपुर)- नेपालीमा एउटा भनाइ छ, कहीँ नभएको जात्रा हाडीगाउँमा

कान्ति लोकपथपको पहिरो हटाइयो

काठमाडौं– लगातारको वर्षासँगै कान्ति लोकपथमा आएको पहिरो हटाइएको छ। पूर्वाधार

इन्द्रजात्रा : राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू छाता ओढेर पुगे वसन्तपुर

काठमाडौं– काठमाडौंमा आज इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा

कास्कीको मार्दी खोलामा पानीको सतहले सतर्कता तह पार गर्‍यो 

काठमाडौं– कास्कीको मार्दीखोलाले पानीको सतर्कता तह पार गरेको छ ।