काभ्रेको रोशीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् वितरण | Khabarhub Khabarhub

काभ्रेको रोशीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् वितरण


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले २४सै घन्टा बिजुली बाल्न पाएका छन् । उक्त विद्युतीकरणको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एमसिबी बक्समा ‘स्वीच अन’ गरेर उद्घाटन गरे ।

लामाका अनुसार उक्त वडामा केही समयअघि ३८ परिवारकामा केन्द्रीय विद्युत् लाइन जोडिसकिएको थियो । “एक सय ७३ घरमा केन्द्रीय प्रसारण लाइन जडान भइसक्यो, अब वडामा बाँकी आठ घरमा छिट्टै पुर्याउनेछौँ”, लामाले भने ।

यसअघि सो वडाका बासिन्दाले लघुविद्युतबाट बिजुली बाल्दै आएका थिए । केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय निकै खुसी भएका छन् । राष्ट्रिय प्रसारण लाइन जडान हुँदा दिनरातै विद्युत् आउने भएपछि कुटानी पिसनानीका लागि अन्यत्र जानु नपर्ने तथा उद्यमसमेतका लागि निकै उपयोगी भएको स्थानीय रामबहादुर लामाले बताए ।

पाँच करोड रुपैयाँमा ठेक्का लगाइए पनि हाल शाखा लाइन विस्तारका लागि रु तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा र वडाध्यक्ष लालकुमार पाख्रिनले वडामा बाँकी परिवारलाई केन्द्रीय प्रसारण लाइन विस्तारका लागि निरन्तर काम भइरहेको बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  २ : ५९ बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र