‘संघीय निजामती विधेयक एक साताभित्रै सदनमा दर्ता हुन्छ’  « Khabarhub

‘संघीय निजामती विधेयक एक साताभित्रै सदनमा दर्ता हुन्छ’ 


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती विधेयक एक साताभित्रै सदनमा दर्ता हुने जानकारी दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले निजामती विधेयक चालु अधिवेशनमै सदनमा दर्ता भई छलफल अघि बढ्ने बताए।

उनले भने, ‘विधेयक छिट्टै सदनमा दर्ता हुन्छ, पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस गरिएको छ ।’ संविधान जारी भएको आठ वर्ष पूरा भइसक्दासमेत संघीय निजामती विधेयक जारी नभएपछि सरकारको काम गर्ने तरिका र प्राथमिकताका विषयमा आलोचना हुँदै आएको छ ।

सुशासन प्रदान गर्ने सन्दर्भमा देखिएको निर्णय प्रक्रियामा हुने ढिलासुस्ती हटाउन सुधारको कार्य योजना अघि बढाइएको उल्लेख गर्दै उनले पैसाको अभावले मात्र नभई झन्झटिलो निर्णय प्रक्रियाका कारण लक्ष्य अनुरूप पुँजीगत खर्च नहुँदा विकास र समृद्धिका मुद्दा ओझेलमा पर्दै आएकामा सुधारको खाँचो औँल्याए।

उप्रधानमनन्त्री खड्काले भने, ‘निर्णय प्रक्रियालाई छिटोछरितो गराउन केही आधारभूत सुधारको खाँचो छ, सुशासन र सेवाप्रवाह तथा संविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वयनको विषयलाई सरकारले जोड दिएको छ ।’ राष्ट्रसेवक कर्मचारीबाट आमसेवाग्राहीप्रति गरिएको हार्दिकतासहितको बोली, व्यवहार र कामको समाजमा सर्वत्र छलफल र चर्चाको विषय बन्न आवश्यक रहेको बताउँदै उनले नागरिकमैत्री सेवाप्रवाहले नेतृत्व बलियो हुने मात्र नभई संगठन सुदृढ हुने पक्षमा हेक्का राख्न सुझाव दिए। 

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले निजामती सेवाभित्रका उच्च प्रशासनले आफूलाई केन्द्रमा राखेका कारण निजामती विधेयक जारी हुन ढिलाइ गरिएको बताए । युनियनका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले संगठन सुदृढीकरण, नेतृत्व विकास र सकारात्मक सोच जागृत तुल्याउने उद्देश्यकासाथ आयोजना गरिएको प्रशिक्षणबाट संगठनको ओज बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

युनियनले आगामी भदौ १ गते हुने राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा केन्द्रिय कार्यसमितिका पदाधिकारी र सदस्य एवं सल्लाहकार, संगठन र प्रशिक्षण विभागका सदस्यका लागि एक दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ३ : ४६ बजे

लेक लागेका युवा उद्धार गर्न र क्यान्सर औषधि उपलब्ध गराउन सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बझाङमा यार्सागुम्बा संकलनका क्रममा लेक

हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है

काठमाडौं – फिल्म ‘लालीबजार’ अदालतको आदेशबाट प्रदर्शनमा आएसँगै बक्स अफिसमा

भारतमा सलह बन्दै ‘कक्रोच’ डिजिटल विद्रोह

भारतमा अहिले एउटा अनौठो राजनीतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौं– मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही