सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री महत « Khabarhub

सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री महत


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

राष्ट्र निर्माण मञ्च नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले मुलुकमा धेरै अवसरहरु सिर्जना भइरहेकाले सीपसहित विदेशबाट फर्किएका युवाहरुलाई सरकारले प्रोत्साहन गर्ने बताएका हुन् ।

मुलुकको अवस्था विग्रिएको, अर्थतन्त्र ध्वस्त भएको र रोजगारी नपाइने भएकाले विदेश जानुको विकल्प छैन भन्ने नकारात्मक कुरा गर्ने प्रवृतिले युवाहरुमा निराशा छाएको उनले बताए । उनले विदेश जानेबित्तिकै सबै कुरा प्राप्त हुन्छ भन्ने मानसिकताबाट नेपाली युवाहरु मुक्त हुनुपर्ने धारणा राखे । हरेक व्यक्तिमा हुने क्षमतालाई पहिचालन गर्दै अवसर लिन उनले अनुरोध गरे ।

मन्त्री महतले भूपरिवेष्ठित देश भएकाले हरेक उत्पादन विदेशमा लैजान यसअघि समस्या हुने गरेपनि अहिले डिजिटल प्लेटफर्ममार्फत आफ्नो उत्पादन संसारको जुनसुकै ठाउँमा बेच्न सकिने अवस्था सिर्जना भएको उल्लेख गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ०१ बजे

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।