भदौ १५ गतेदेखि श्रृजनशील उद्यमी मेला आयोजना हुने « Khabarhub

भदौ १५ गतेदेखि श्रृजनशील उद्यमी मेला आयोजना हुने


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महिला श्रृजनशील केन्द्रको आयोजनामा भदौ १५ गतेदेखि काठमाडौंमा श्रृजनशील उद्यमी मेला आयोजना हुने भएको छ ।

केन्द्रले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र १५ देखि १७ गतेसम्म काठमाडौंमो २० औं डाबर बाटिका तीज फेस्टिबल आयोजना गर्न लागेको जनाएको हो । उक्त तीन दिने मेला काठमाडौंको होटल मल्लमा आयोजना हुने तय भएको छ ।

साथै महिला उद्यमी मञ्च र चितवन उद्योग संघको सहकार्यमा चितवनमा पनि भाद्र २२ देखि २४ गतेसम्म २० औं तीज फेस्टिबल–तीज विशेष उद्यमी मेला आयोजना हुने महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन् ।

मेलामा १० वटाभन्दा बढी स्टल असहाय, अशक्त,अपाङ्ग र ग्रामिण क्षेत्रका पिछडिएका महिलालाई निःशुल्क प्रदान गरिएको उनले बताइन् ।

आयोजकका अनुसार मेलामा विशेषतः घरेलु तथा हस्तकलाका सामाग्रीहरुको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तक्रियागायतका कार्यक्रम राखिएको छ । ८० भन्दा बढि स्टल रहने मेलाको दश हजार बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ४१ बजे

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन