नाइजरमा भएको आतङ्कवादी आक्रमणमा १७ सैनिक मारिए « Khabarhub

नाइजरमा भएको आतङ्कवादी आक्रमणमा १७ सैनिक मारिए


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नियामे- अफ्रिकी मुलुक नाइजरको पश्चिमी सीमा नजिकै संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा १७ जना नाइजर सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।

नाइजरको रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर मालीको सीमानजिकको कौउउगौ शहरमा आतङ्कवादीले सेनामाथि हमला गर्दा १७ जनाले ज्यान गुमाएका तथा २० जना घाइते भएका जनाएको छ । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ ।

सबै घाइतेलाई राजधानी नियामे ल्याइएको छ । एक सय भन्दा बढी आक्रमणकारीलाई निक्रिय पारिएको दाबी गर्दै सेनाले अतिवादीलाई परास्त गर्न सैन्य बल प्रबिद्ध रहेको बताएको छ ।

जिहादी विद्रोहले अफ्रिकाको साहेल क्षेत्रलाई एक दशकभन्दा बढी समयदेखि आक्रान्त पारेको छ । सन् २०१२ मा उत्तरी मालीमा फैलिएको जिहादी आक्रमणले त्यसको तीन वर्षपछि छिमेकी नाइजर र बुर्किना फासोलाई पनि गाँजेको छ ।

तीन देशबीचको सीमानामा नियमित रूपमा इस्लामिक स्टेट समूह र अल–कायदासँग सम्बद्ध विद्रोहीहरूले आक्रमण गर्दै आएका छन् । उक्त क्षेत्रमा अतिवादी आक्रमणमा परी हजारौं सेना, प्रहरी अधिकारी र सर्वसाधारणले ज्यान गुमाएका छन् भने लाखौँ पलायन भएका छन् ।

निरन्तको रक्तपात र आक्रमणबाट आजित भएका ती देशका सेनाले सैन्य विद्रोहको असफल प्रयास पनि गर्दै आएका छन् । गत महिनाको २६ तारिखमा नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बजुमलाई अपदस्थ गरिएको छ ।

उनलाई हिरासतमा राखेर सेना प्रमुखले राज्यसत्ता आफूले सञ्चालन गरेको घोषणा गरेका छन् । उनलाई तत्काल निःशर्त थुनामुक्त गर्न र लोकतन्त्र बहाली गर्न अमेरिकालगायत अन्तरराष्ट्रिय समुदायले माग गर्दै आएका छन् ।

नाइजरलाई उत्तरपूर्वी नाइजेरियाको उग्रवादी समूह बोको हरामले पनि आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ४८ बजे

हरि ढकालको माग : जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कन्जुस्याइँ नगरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले जेन-जी आन्दोलनका घाइतेको

प्रतिपक्षीको निरन्तर विरोधपछि प्रधानमन्त्री खोज्न निस्किए सभामुख

काठमाडौं- प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल सिंहदरबारभित्रै

मोटरको विवरण फरक देखाई आधा दर्जनभन्दा बढी विद्युतीय गाडी आयात, अर्बौं राजस्व छली

काठमाडौं– मोटरपावरको विवरण फरक पारेर चीनबाट आयात हुने आधा दर्जन

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या समाधान

अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो ‘डिजिटल टाइम कार्ड’

काठमाडौं– अध्यागमन विभागले सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने