साउदीमा जरिवानामा परेका श्रमिकलाई विवरण टिपाउन दूतावासको अनुरोध « Khabarhub

साउदीमा जरिवानामा परेका श्रमिकलाई विवरण टिपाउन दूतावासको अनुरोध


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबमा जरिवानामा परेका नेपाली श्रमिकलाई विवरण टिपाउन रियदस्थित राजदूतावासले अनुरोध गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत रहँदा विभिन्न कारणले कम्पनी वा कफिल (रोजगारदाता) ले जरिवाना वा फाइन लगाएको भएमा दूतावासमा आफ्नो विवरण टिपाउन अनुरोध गरेको हो ।

रोजगारदाता वा कम्पनीले फाइन लगाएका श्रमिकको विवरण सङ्कलन गरी दूतावासले श्रमिकमाथि लगाएको जरिवाना मिनाहामा पहल गर्ने जनाएको छ ।

सूचनामा दूतावासले भनेको छ, ‘विवरण सङ्कलन भएपछि उनीहरूको जरिवाना वा फाइन मिनाहाको प्रक्रिया अघि बढाई स्वदेश पिर्तीका लागि पहल गर्ने छौँ, त्यसका लागि पहिला कति जनाले यो समस्या भोगिरहनुभएको छ भन्ने तथ्याङ्क आवश्यक छ ।’

दूतावासमा https://sa.nepalembassy.gov.np/registration-form/ मार्फत अनलाइनबाटै आफ्नो विवरण टिपाउन सकिन्छ । यसबारे थप जानकारी आवश्यक भएमा दूतावासमा ०११ ४६१११०८ नम्बरमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सम्पर्क गर्न सकिन्छ ।

दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म ०११२८८३७९५ नम्बरसमेत खुला रहने दूतावासले जनाएको छ । यस्तै नेपाली महावाणिज्यदूतावास जेद्दामा ०५०००२१४०९ मा सम्पर्क गरेर समेत बुझ्न सकिन्छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ५ : ०६ बजे

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका