अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउने « Khabarhub

अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउने


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चर्चित भारतीय गायक अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउने भएका छन् ।

आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ९ गते काठमाडौंको चावहिलस्थित हायात ग्राउन्डमा अरिजितले सांगीतिक प्रस्तुति दिने जानकारी दिएको छ ।

ग्यारेज इन्टरटेनमेन्टका रसिक भट्टराईले सन् २०१९ देखि अरिजितलाई नेपाल ल्याउने प्रयास बल्ल सफल हुन लागेको बताए । कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुर्‍याउने विश्वास आफूहरुले लिएको आयोजकले बताएका छन् ।

भारतीय समाचार संस्था एननआईका अनुसार भारतमा रुचाइएका पार्श्व गायकमा पर्ने अरिजितका नेपालमा समेत थुप्रै फ्यान छन् । उनका ‘तुम हि हो’, ‘केसरिया तेरा’, ‘खैरियत’, ‘अपना बना ले’ लगायत थुप्रै गीत चर्चित छन् ।

‘अरिजीत सिंह लाइभ इन नेपाल’ नाम दिइएको नेपाल कन्सर्टको अर्ली बर्ड टिकट ४ हजार र साधारण टिकट ५ हजार रुपैयाँ तोकिएको छ । साउन ३० गतेबाट खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गर्न सकिने जनाइएको छ । कन्सर्टमा १० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ५ : ५७ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल