उत्पादन र निर्यात वृद्धिमा ध्यान दिन अध्यक्ष ओलीको आग्रह « Khabarhub

उत्पादन र निर्यात वृद्धिमा ध्यान दिन अध्यक्ष ओलीको आग्रह


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि उत्पादकत्व र निर्यात वृद्धि गर्नुपर्ने बताएका छन् ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आज आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्थाः समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा अध्यक्ष ओलीले आधारभूत आवश्यकता परिपूर्तिका लागि स्वदेशमै उत्पादन वृद्धि गर्न र निर्यातसमेत गर्न आग्रह गरेका हुन् ।

उनले निर्यातका क्रममा कुनै समस्या भए सरकारले सहजीकरण गर्नुपर्ने पनि जनाए । अध्यक्ष ओलीले आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व, बैंकिङ सहजीकरण र लगानीको वातावरण आवश्यक रहेकोे स्पष्ट पारे ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक स्थितिमा सुधार ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए । नेपाल सरकारका पूर्वमुख्यसचिव डा विमल कोइरालाले लगानी गरेपछि व्यापारीलाई लाभ लिनसक्ने वातावरण दिनुपर्नेमा जोड दिए । विभागका प्रमुख मोती दुगडले भ्रष्टाचार औद्योगीकरणका लागि बाधक हुने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ८ : २२ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण