आनन्द कार्की र मिलन नेवारको एकै पल्टमा साक्षी र सुशान्त « Khabarhub

आनन्द कार्की र मिलन नेवारको एकै पल्टमा साक्षी र सुशान्त


३० भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक आनन्द कार्की र गायिका मिलन नेवारको  एकै पल्टमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

जसमा  प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषले संगीत रहेको छ । गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ । प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्वय सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । 

एक प्रेमील जोडीको  यात्राको क्रममा देखभेट पछि झाँगिदै गएको प्रेमलाई निर्देशक  सुव्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गरेका छन् । भिडियोका मोडल सुशान्तले यो गीतबाट आफूले निकै नै आशा गरेको बताएका छन् । 

र्‍याम्प हुँदै  म्याजिक भिडियोमा व्यस्त बनेका भक्तपुरका सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकी, लगायतका भिडियो बजारमा आइसकेका छन् ।

सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कलरिङ र सम्पादन विष्णु खड्काले गरेका हुन् ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  १२ : ३३ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो