निजगढका विद्यालयमा सडक जेब्रा क्रसिङ निर्माण  | Khabarhub Khabarhub

निजगढका विद्यालयमा सडक जेब्रा क्रसिङ निर्माण 


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बारा– राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले निजगढ नगरपालिकाका विद्यालयका सडकहरूमा जेब्रा क्रसिङ निर्माण थालेको छ ।

बढी भिडभाड हुने र सडकमा जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्न थालेपछि विद्यार्थीलाई सजिलो होस् भनेर बाटो क्रस गर्ने स्थानलाई मध्य नजर गर्दै जेब्रा क्रसिङ निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीका अध्यक्ष घनश्याम तिमल्सिनाले बताए । 

निजगढका विद्यालय मुख्य भित्री सडकमा समेत पर्ने भएकोले सो सडकमा जेब्रा क्रसिङ अनिवार्य भएकोले नगरका सबै विद्यालयका सडकमा जेब्रा क्रसिङ निर्माण गर्ने अध्यक्ष तिमल्सिनाले बताए ।

विद्यालय क्षेत्र तथा अन्य क्षेत्रमा स–साना विद्यार्थी समेत बाटो काट्न पर्ने, वृद्धवृद्धालाई समेत बाटो काट्न सकस देखिको र दुर्घटना समेत हुने देखिएको हुदा दुर्घटनालाई न्यूनीकरण गर्न जेब्रा क्रसिङ निर्माण गरिएको राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य इराज कोइरालाले जानकारी दिए । 

उनले भने, ‘साथी भाई, संघसंस्था तथा क्लबले समान्य खर्चमा गर्न सकिने यस्ता कार्य जुन फरक छ र हेर्दा समान्य देखिए तापनि ठुलो अर्थ राख्छ यस्ता कार्य सबैले गदै जाने हो भने परिवर्तन र विकास दुबै हुन्छ भने सोचका साथ यो कार्य गरिएको हो र युवा संघले आगामी दिनमा समेत यस्ता गतिविधिलाई निरन्तरता दिने राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य कोइरालाले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटीले श्री शिवशक्तेश्वर आधारभुत बिद्यालय निजगढ–१३ डम्वरपुर, श्री भगवती आधारभुत बिद्यालय निजगढ–१३ भक्तलाल, पेरिक एकडेमिक निजगढ–१३ भक्तलाल, श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय निजगढ–११ रतनपुर, श्री लोकप्रिय आधारभुत बिद्यालय निजगढ–२ सिंगौल, श्री शिक्षाशक्ति नमुना आधारभुत बिद्यालय निजगढ–१ सिंगौल, श्री जनकल्याण बिद्यालय निजगढ–४ गोलो घर, श्री जन जागृति आधारभुत बिद्यालय निजगढ–५ खोल्माटोल, श्री सार्वजनिक माध्यामिक बिद्यालय निजगढ–५ वाग्देव, श्री बाल बिकाश आधारभुत।बिद्यालय निजगढ–६ धियालटोल, श्री नेत्रोदय माध्यामिक बिद्यालय निजगढ–७ योजनाटोल, अस्थायी प्रहरी पोस्ट सिंगौल निजगढ–२ सिंगौल, श्री शक्तेश्वर शिवशक्ति बिद्यालय निजगढ–७, विध्या सागर बेडिङ्ग स्कुल निजगढ–७, श्री गौरी शंकर माध्यामिक बिद्यालय निजगढ–८ गौरी शंकर टोल, श्री गौरी शंकर माध्यामिक बिद्यालय निजगढ–६ सडकटोल, गौरी शंकर क्याम्पस निजगढ– ९, श्री जनज्योति आधारभुत।बिद्यालय निजगढ–९ लगायतका स्थानमा जेब्रा क्रसिङ बनाइएको छ ।

जेब्रा क्रसिङ निर्माणले निश्चित स्थानबाट यात्रुहरूलाई बाटो काट्न मद्दत गर्दै दुर्घटनालाई नियन्त्रणमा सहज गराउन मदत पुग्ने व्यवसायी तथा आम जनताको बुझाई छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ४ : ५२ बजे

शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

राँझा– मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना  गृह बाँकेले

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

ढाका– बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

काठमाडौं– सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट

जनकपुरधाम– मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा

अघि बढ्यो तीन दिन रोकिएको कांग्रेस बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सानेपामा सुरु भएको छ ।