चिकित्सक कुटपिटको घटना : आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा « Khabarhub

चिकित्सक कुटपिटको घटना : आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चिकित्सक संघले भोलि देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्नेलगायत निर्णय गरेको छ। शनिबार विज्ञप्ति जारी गर्दै संघले सो कुरा जनाएको हो ।

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा आन्दोलन थालिएको संघले जनाइएको छ।

यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले उल्लेख गरेको छ। घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो। दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो।

देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ८ : ०७ बजे

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन

प्रचण्डको दाबी- स्वच्छ चुनाव भए प्रत्यक्षतर्फ नेकपा पहिलो हुन्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

मञ्जनको निगरानी र गुणस्तर जाँच गर्न ‘हाइजेनिस्ट एसोसिएसन’ को माग

काठमाडौं– बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच

‘निर्वाचन आचारसंहिताको पालना एवम् कार्यान्वयन साझा दायित्व’

गण्डकी– निर्वाचन आचारसंहिताको पालना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व

‘फागुन २१ को निर्वाचनबाट देश ट्रयाकमा आउँछ भन्ने ग्यारेन्टी छैन’

२१ फागुनको निर्वाचनसम्म पनि देश पुग्छ कि पुग्दैन ? पुगे