पाकिस्तानमा ६ फुटबल खेलाडी अपहरित | Khabarhub Khabarhub

पाकिस्तानमा ६ फुटबल खेलाडी अपहरित


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ जना फुटबल खेलाडीको अपहरण भएको छ । बलुचिस्तान प्रान्तको डेरा बुग्ती क्षेत्रमा ६ जना फुटबल खेलाडी अपहरणमा परेका हुन् ।

सिबी क्षेत्रमा आयोजना हुन लागेको एक प्रतियोगितामा सहभागी हुनका लागि त्यसतर्फ जाने क्रममा उनीहरु अपहरणमा परेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

उनीहरुलाई अज्ञात हतियारधारीको समूहले डेरा बुग्ती जिल्लाको कच्छी नहर क्षेत्रबाट अपहरण गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि २४ खेलाडी सिबीतर्फ जान लागेको बेलामा हतियारधारी गिरोहले उनीहरु चढेको गाडी रोकेर अपहरण गरेका थिए । अपहरणकारीले पछि १८ जनालाई छाडेको र बाँकी ६ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

पाकिस्तानका अन्तरिम आन्तरिक मामिलामन्त्री सर्फराज बुग्ती र बलुचिस्तान प्रान्तका गृहमन्त्री जुबैर अहमदले अपहरणमा परेका खेलाडीको खोजी गरी तत्काल रिहा गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १० : ०२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले