कर्णाली सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने « Khabarhub

कर्णाली सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुर्खेत –कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत १ अनुदान दिन लागिएको हो ।

अनुदानका पाउनका लागि कृषि व्यवसायमा लागेका समूह, कृषि सहकारी, उद्यमी र निजी फर्म सञ्चालन गरिरहेका किसानहरुले आवेदन दिन सक्ने प्रदेश कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयले लक्षित वर्ग आयआर्जन कार्यक्रम अन्तर्गत दलित महिला र पछाडि पारिएका वर्गका लागि कृषि अनुदान प्रदान गरिने उल्लेख गरेको छ ।

कृषि अनुदान अन्तर्गत अपाङ्गता भएका व्यक्ति लक्षित आयमूलक कार्यक्रम, दलहन बालीका प्रवर्द्धन कार्यक्रम तथा उन्नत बीउलगायतमा अनुदान दिनेछ । व्यवसायमा उत्पादनमा आधारित प्रोत्साहन अनुदान, खाद्यन्न बाली बीऊ उत्पादन कार्यक्रम, मौरी पालन, च्याउखेती उत्पादन प्रवर्द्धन कार्यक्रममा समेत अनुदान दिइने प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए

उनका अनुसार निर्देशानलयले जग्गा भाडा तथा विद्युत् महसुलमासमेत अनुदान दिने छ । बेरोजगार कृषि प्राविधिकको छनोट, अभिमुखिकरण तथा लागत सहभागितामा समेत अनुदान दिइने उनले जानकारी दिए ।

अनुदान पाउनका लागि संस्था तथा फर्म दर्ता भएको हुनुपर्ने, कृषि व्यवसाय गर्ने अनुसुचि अनुसारको विवरण लगायतका कागजात चाहिने निर्देशनालयको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १० : २७ बजे

हर्क साम्पाङ सामाजिक सञ्जालमा किन बिर्सन्छन् हैसियत ?

सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर,

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)