प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड पराजित | Khabarhub Khabarhub

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड पराजित


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा ओल्ड ट्राफर्डमा ब्राइटन एन्ड होभ आल्बियनसँग ३–१ ले पराजित भएको हो ।

पहिलो हाफमा युनाइटेडकै पूर्व खेलाडी ड्यानी वेलबेकको गोलमा ब्राइटनले अग्रता लिएको थियो । ब्राइटनका लागि दोस्रो हाफमा पास्कल ग्रस र जोआओ पेड्रोले १/१ गोल गरे ।

युनाइटेडका ह्यानिबल मेज्ब्रीले दोस्रो हाफमा एक गोल फर्काए । त्यसअघि पहिलो हाफमा रास्मस होएलन्डले बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिएको थिएन ।

यस जितसँगै ब्राइटन ५ खेलमा १२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । युनाइटेड भने लिगमा तेस्रो हार बेहोर्दै ५ खेलमा ६ अंकका साथ १२ औं स्थानमा छ ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १० : ५२ बजे

गाजा र लेबनापछि अब इजरायलको निसानामा सिरिया

इजरायल – गाजा र लेबनानमा आक्रमण गरेको इजरायलले पछिल्लो समय

अमेरिकाको एक विद्यालयमा बन्दुकधारीको आक्रमण : दुई जनाको मृत्यु, ६ घाइते

सिकागो – अमेरिकाको हाई स्कुलमा भएको गोली प्रहारमा दुई जनाको

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? डलर र रियाल बढ्यो

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल पुस २ गते मंगलबार तदनुसार

आज २०८१ साल पुस २ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २ गते मंगलबार तदनुसार