समाजवादी मोर्चाले आज धनगढीमा सन्देश सभा गर्ने « Khabarhub

समाजवादी मोर्चाले आज धनगढीमा सन्देश सभा गर्ने


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले आज सुदूरपश्चिममा सन्देश सभा गर्ने भएको छ ।

कैलालीको धनगढीमा दिउँसो २ बजेपछि सुरु हुने सन्देश सभालाई मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता धनगढी पुग्दैछन् ।

प्रधानमन्त्री दाहालले आज लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ।  

गत भदौ १३ र २६ गते दुई पटक स्थगित भएको सुदूरपश्चिम सन्देश सभा आज हुन लागेको हो ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : ४३ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ