समाजवादी मोर्चाले आज धनगढीमा सन्देश सभा गर्ने | Khabarhub Khabarhub

समाजवादी मोर्चाले आज धनगढीमा सन्देश सभा गर्ने


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाले आज सुदूरपश्चिममा सन्देश सभा गर्ने भएको छ ।

कैलालीको धनगढीमा दिउँसो २ बजेपछि सुरु हुने सन्देश सभालाई मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेता धनगढी पुग्दैछन् ।

प्रधानमन्त्री दाहालले आज लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ।  

गत भदौ १३ र २६ गते दुई पटक स्थगित भएको सुदूरपश्चिम सन्देश सभा आज हुन लागेको हो ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : ४३ बजे

महाकाली पक्की पुलले जोडेको रोजगारी

बेदकोट– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का ५५ वर्षीय कृष्णदत्त पन्त

चेपेखोला मोटरेबल पुल निर्माणमा ढिलाइ

गोरखा– गोरखा र लमजुङ जोड्ने चेपेखोला मोटरेबल पुल निर्माणमा ढिलाइ

धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्र सुरु

गोदावरी– धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गमा कालोपत्र गर्न सुरु भएको छ । धनगढी–स्याउले

मादीमा अस्पताल सञ्चालन

कास्की– कास्की जिल्लाको मादी गाउँपालिका–७ छाचोकमा अस्पताल सञ्चालनमा आएको छ

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ

जाजरकोट– भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो