च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै | Khabarhub Khabarhub

च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

बागलुङ- नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ ।

हिमाली क्षेत्रबाट आउने च्याङ्ग्राको मूल्य प्रतिगोटा आठदेखि दश हजार रुपैयाँ मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष ४० हजारसम्म पाइएको च्याङ्ग्रा यो वर्ष रु ५० हजार बढी पर्ने व्यवसायी बताउँछन् । तर यस दसैँमा स्थानीय खसीबोकाको मूल्यमा भने अघिल्लो वर्षको भन्दा घटबढ छैन ।

चीनबाट मुस्ताङको बाटो हुँदै आउने च्याङ्ग्रा यो वर्ष नेपाल भित्रिएनन् । कोरला नाका नखुलेकाले चीनका च्याङ्ग्रा नेपाल नभित्रिँदा मूल्य बढेको व्यवसायी बताउँछन् । ‘दसैँअघिकै भाउमा स्थानीय खसीबोकाको कारोबार भएको छ, बजारमा एक किलो स्थानीय खसीको मूल्य रु एक हजार एक सय छ, जुन मूल्य अघिल्लो दसैँमा पनि थियो’, बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीका तिलक पौडेलले भने, ‘कुखुरा र च्याङ्ग्राको मूल्य बढे पनि स्थानीय खसीबोकाको मूल्यमा खास वृद्धि भएको छैन ।’

खसीबोकाको मासुको मूल्य तोक्ने निकायले ध्यान नदिँदा वर्षौं एउटै मूल्यमा खसीबोका बिक्री गर्नुपरेको किसानको गुनासो छ । ‘च्याङ्ग्राको मूल्य हरेक वर्ष बढ्दो छ, सबैले किनेर खाएकै छन्, यहाँ किसानले दुःख गरेर उत्पादन गरेको खसीबोका दसैँका बेला ओझेलमा पर्छन्’, जैमिनीकै किसान भीम शर्माले भने, ‘व्यावसायिक उत्पादनमा लागेका किसानलाई समस्या छ ।’

भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका अनुसार बागलुङ मासुमा आत्मनिर्भर छ । आव २०७८-०७९ को तुलनामा २०७९-०८० मा बाख्राको उत्पादन मात्रै १ दशमलव ३३ प्रतिशतले बढ्दो छ । २०७८-०७९ मा १२ लाख ७४ हजार खसीबोका र बाख्रा उत्पादन भएको जिल्लामा २०७९-०८० मा १२ लाख ९१ हजार खसीबोका उत्पादन भएको तथ्यांक छ । भेडाको समेत राम्रो उत्पादन हुने बागलुङमा शून्य दशमलव ३३ प्रतिशतले उत्पादन बढेको विज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाले बताए ।

दसैँमा भैँसी, राँगा, बङ्गुर हाँस र खरायोलगायतका पशुचौपायको मासु प्रयोग हुने गरेको छ । ‘पहिले दसैँका बेला मधेसबाट खसीबोका आउँथ्यो अहिले त्यो बन्द भएको छ, बागलुङ बजारमा गाउँबाट खसीबोका आउँछन्’, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले भने, ‘स्थानीय उत्पादन प्रयोगमा आउनु राम्रो पक्ष हो ।’

स्थानीय उत्पादन वृद्धि हुँदा दसैँको बेला जिल्ला बाहिर जाने लाखौँ रुपैयाँ बाहिरिनबाट जोगिएको उनको धारणा छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : ५५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन

आज २०८२ साल साउन १५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १५ गते बिहीबार। साउन

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे

घर भत्किँदा किचिएर बालकको मृत्यु

सर्लाही – यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर