सिंजा र दुल्लु नगरपालिकाबीच भगिनी सम्बन्ध | Khabarhub Khabarhub

सिंजा र दुल्लु नगरपालिकाबीच भगिनी सम्बन्ध


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

जुम्ला– ऐतिहासिक सिंजा राज्यको शीतकालीन राजधानी रहेको दैलेखको दुल्लु नगरपालिका र जुम्लाको सिंजा गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ ।

सिंजा गाउँपालिका उपाध्यक्षसहित पालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल दुल्लु पुगेर नगर प्रमुख भरतप्रसाद रिजालसँग भगिनी सम्बन्ध स्थापना गरेको सिंजाका अध्यक्ष धितालले जानकारी दिए ।

उनले भने, ‘सङ्घीय सरकार भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाइँको उपस्थितिमा दुल्लुका नगर प्रमुख र उपप्रमुखसँग सिंजा र दुल्लु क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास एवं प्रचारप्रसारमा सहकार्य गरिने गरी भगिनी सम्बन्धको ऐतिहासिक निर्णय भएको छ ।’

कल सांस्कृतिक, असल अभ्यास आदानप्रदान गर्ने र समस्या, चुनौती साझा चासोका विषयमा दुई पक्ष हित हुने गरी सामूहिक पहलसम्बन्धी सिंजा खस भाषाको जन्मथलोसमेत रहेको सिँजासँग भगिनी स्थापना हुनु भनेकै गौरवको कुरा भएको दुल्लु नगर प्रमुख रिजालको भनाइ छ ।

दुल्लु नगरपालिका जनप्रतिनिधिलाई ऐतिहासिक सिंजा उपत्यका भ्रमणको निम्तोसमेत दिएको सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले जानकारी दिइन् । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ११ : ०३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास