कोसी प्रदेशसभा बैठक आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी « Khabarhub

कोसी प्रदेशसभा बैठक आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोसी प्रदेशसभाको बैठक आगामी कात्तिक १ गते बुधबारका लागि बोलाइएको छ । असोज २० गते स्थगित भएको बैठक उक्त दिन बस्न लागेको हो ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी सो बैठक कात्तिक १ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको जनाएको छ ।

बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।

नेकपा एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८ प्रदेशसभा सदस्यको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले हिजो पद तथा गोपनीयताको शपथ लिँदै तीन सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ११ : ५३ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र