चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको अपिल « Khabarhub

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न स्वास्थ्य मन्त्रालयको अपिल


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान गरेको छ । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी गरेको प्रेस विज्ञप्ति स्वास्थ्य संस्था र स्वास्थ्य उपकरणलाई चट्याङ प्रतिरोधात्मक बनाउन उचित व्यवस्थापन गर्नपर्ने आग्रह गरिएको छ । ‘मनसुनलगायत अन्य बेला हुने चट्याङबाट हुने घाइतेको लक्षण र व्यवस्थापन विद्युतीय विपद्बाट हुने घाइतेभन्दा भिन्न हुने हुँदा सोको बारेमा जानकार रही उचित व्यवस्थापन गर्न गराउन आग्रह गर्छौ’, विज्ञप्तिमा भनिएको छ ।  

गृह मन्त्रालयको तथ्याङ्कअनुसार गत वर्ष २०७९ जेठ २२ गतेदेखि असोज ३० गतेसम्म कुल एक सय ८७ चट्याङका घटनामा ६० जनाको मृत्यु भएको थियो । यस्तै १ सय  ५७ जना घाइते भएको थिए । 

‘चट्याङ्को घटनाको सङ्ख्या अघिल्लो वर्ष विपद्का कारण भएका मृत्युमध्ये दोस्रो र घाइतेको सङ्ख्यामा प्रथम थियो भने यसवर्ष बढ्दो क्रममा देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘चट्याङबाट स्वास्थ्य संस्थाको सुरक्षा र चट्याङबाट हुने घाइतेहरूको उचित व्यवस्थापन गर्नका लागि स्वास्थ्य क्षेत्रको पूर्वतयारी अपरिहार्य छ ।’

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १२ : १० बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन