भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो « Khabarhub

भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– भक्तपुरका किसानलाई यतिखेर धान भित्र्याउन चटारो छ । एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को लागेको छ भने अर्कोतर्फ कोही खेतमा पाकेर पहेँलपुर भएको धान काट्ने, झार्ने र घर ल्याउने कार्यमा व्यस्त छन् ।

केही दिनअघिको वर्षाले गर्दा डराएका किसान पुनः त्यस्तै वर्षा भई पाकेर पहेँलपुर भएको धानमा क्षति हुन्छ कि भन्ने आशंकाले पनि धान भित्र्याउन चटारो परेको बताउँछन् ।

धान खेती हुने क्षेत्रहरु मनोहरा, हनुमन्ते र खस्याङ खुसुङ आसपास, सुडाल, ताथली, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङ, सिपोडोल, सिरुटार, दधिकोट, गुण्डुलगायत स्थानमा धान काट्न किसानलाई भ्याइ नभ्याई छ । 

क्तपुर नगरका नपुखु क्षेत्र, ल्योसिख्यो, भीमसेनस्थान, बाराहीस्थान, भाजुपोखरीको डिललगायत सम्पदा क्षेत्र, विद्यालयको चौर र बाटामा पनि किसान धान सुकाउने कार्यमा व्यस्त देखिन्छ ।

यहाँका किसानले खुमल–६, खुमल–११, स्थानीय जातको ताइचिन र मन्सुलीका साथै डिवाई हाइब्रिड धान लगाउँदै आएका छन् । बढी फल्ने भएपछि किसान हाइब्रिड धानतर्फ आकर्षित भएका हुन् । यो धान एक रोपनी खेतमा १२ देखि १४ मुरीसम्म फल्छ । 

भक्तपुर देशकै औसतमा उच्च धान फल्ने जिल्ला भए पनि बढ्दो आवादीका कारण खेतीयोग्य जमिन घटेसँगै धान खेती पनि घट्दै गएको छ । हाल जिल्लामा दस हजार दुई सय ४० हेक्टर खेतीयोग्य जमिन छ । 

तीमध्ये तीन हजार नौ सय २४ हेक्टर जमिनमा धानखेती गरिने र वार्षिक १९ हजार सातसय मेट्रिकटन धान उत्पादन हुने जिल्ला कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १ : ३५ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको