गाजामा युद्धविराम भएको छैन : इजरायली प्रधानमन्त्री « Khabarhub

गाजामा युद्धविराम भएको छैन : इजरायली प्रधानमन्त्री


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- विदेशी नागरिकहरूलाई इजिप्ट जानका लागि अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सोमबार अस्वीकार गरेको छ ।

यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर जान स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजराइली सेनाले वाचा गरेको छ ।

इजरायल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग्रीहरू प्रवेश गर्न अनुमति दिन उक्त प्रवेशद्वार केही घण्टा खोल्न सहमत भएको समाचारहरूमा बताइएको थियो ।

तर नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमा विदेशीहरूलाई हटाउनुको बदलामा गाजामा युद्धविराम र मानवीय सहायता हाल नरहेको बताएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार सहायता समूहरूले इजिप्टतिरबाट पर्खिरहेका छन् तर सोमबार रफाहबाट ४० किलोमिटर पूर्व एल–अरिस सहर छोडेका थिएनन् ।

सोमबार बिहान इजरायली सेनाले सर्वसाधारणलाई गाजापट्टीबाट दक्षिणतिर जाने र सम्भावित जमिन आक्रमण गर्न चिह्न लगाइएको दुई वटा सडकमा हमला नगर्ने बताएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ३ : १४ बजे

नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार

सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई