कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने « Khabarhub

कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एमालेको समर्थनमा कोशी प्रदेशमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ ।

सोमबार बसेको माओवादीको कोशी प्रदेश सचिवालय बैठकले केन्द्रीय कमिटीको सहमतिमा कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले आगामी कार्तिक १ गते विश्वासको मत लिँदैछन् ।

नेपाली कांग्रेसको विद्रोही समूहका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको समर्थनमा कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीविरुद्ध सत्ता गठबन्धनले माओवादीका प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो ।

कार्की मुख्यमन्त्री बनेसँगै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका नेता शेखर कोइरालाबीच केन्द्रमा कायम सत्ता गठबन्धनलाई निरन्तरता दिने सकमति बनेको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ३ : ५१ बजे

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा