चिनियाँ विदेशमन्त्री र रुसी समकक्षीबीच भेट « Khabarhub

चिनियाँ विदेशमन्त्री र रुसी समकक्षीबीच भेट


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी समकक्षी सर्गेई लाभरोभसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् । विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत हुन् ।

तेस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फर इन्टरनेसनल कोअपरेसन (बीआरआई) को बैठक बस्नुअघि उनीहरूबीच भेटवाता भएको हो । बीआरआईको बैठक बेइजिङमा मङ्गलबारदेखि सुरु हुँदैछ ।

सो अवसरमा चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सी जिन्पिङको प्रमुख परियोजनाका रूपमा रहेको बीआरआईका बारेमा वाङले विगतलाई भविष्यसँग जोड्ने यो वर्ष निकै महत्वपूर्ण रहेको बताए ।

बीआरआईका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा र सहयोगका लागि चीनले सराहना गर्दै विदेशमन्त्री वाङले साझा विकास र समृद्धिलाई अगाडि बढाउने पहलमा सक्रिय रूपमा भाग लिएकामा रुसको स्वागत गरे ।

रुसी विदेशमन्त्री लाभरोभले रुस र चीनले द्विपक्षीय सम्बन्धको विकासमा गति दिएको बताए । रुसले चीनसँग निकट रणनीतिक सञ्चार कायम गर्ने र व्यावहारिक सहयोगलाई गहिरो बनाउने अपेक्षा गरेको छ ।

लाभरोभका अनुसार राष्ट्रपति पुटिन चिनियाँ राष्ट्रपति सीसँग भेट्न र बीआरआई मञ्चमा भाग लिन अत्यन्त उत्सुक रहेको र बीआरआई आयोजनाको सफलताप्रति विश्वास व्यक्त गरेको बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ५ : ०४ बजे

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार