चिनियाँ विदेशमन्त्री र रुसी समकक्षीबीच भेट « Khabarhub

चिनियाँ विदेशमन्त्री र रुसी समकक्षीबीच भेट


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी समकक्षी सर्गेई लाभरोभसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् । विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत हुन् ।

तेस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फर इन्टरनेसनल कोअपरेसन (बीआरआई) को बैठक बस्नुअघि उनीहरूबीच भेटवाता भएको हो । बीआरआईको बैठक बेइजिङमा मङ्गलबारदेखि सुरु हुँदैछ ।

सो अवसरमा चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सी जिन्पिङको प्रमुख परियोजनाका रूपमा रहेको बीआरआईका बारेमा वाङले विगतलाई भविष्यसँग जोड्ने यो वर्ष निकै महत्वपूर्ण रहेको बताए ।

बीआरआईका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा र सहयोगका लागि चीनले सराहना गर्दै विदेशमन्त्री वाङले साझा विकास र समृद्धिलाई अगाडि बढाउने पहलमा सक्रिय रूपमा भाग लिएकामा रुसको स्वागत गरे ।

रुसी विदेशमन्त्री लाभरोभले रुस र चीनले द्विपक्षीय सम्बन्धको विकासमा गति दिएको बताए । रुसले चीनसँग निकट रणनीतिक सञ्चार कायम गर्ने र व्यावहारिक सहयोगलाई गहिरो बनाउने अपेक्षा गरेको छ ।

लाभरोभका अनुसार राष्ट्रपति पुटिन चिनियाँ राष्ट्रपति सीसँग भेट्न र बीआरआई मञ्चमा भाग लिन अत्यन्त उत्सुक रहेको र बीआरआई आयोजनाको सफलताप्रति विश्वास व्यक्त गरेको बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ५ : ०४ बजे

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज