काठमाडौं उपत्यकामा पशु स्वास्थ्य परीक्षण तीव्र « Khabarhub

काठमाडौं उपत्यकामा पशु स्वास्थ्य परीक्षण तीव्र


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले काठमाडौं उपत्यकामा पशु स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ ।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कलङ्की खसी बजार, चोभार नाका, चाल्नाखेल, राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल लगाएता विभिन्न स्थानमा पशु स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको जनाएको हो । पशु स्वास्थ्य परीक्षण र नमूना संकलनका लागि ५८ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

सो क्रममा स्वस्थ पशुलाई हरियो रंग लगाउने, रोगी पशुलाई रातो रंग लगाउने र तुरुन्तै समूहबाट निकालेर बिक्री वितरणमा रोक लगाउने गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, चाडपर्व लक्षित गरेर दूग्ध विकास संस्थानबाट उत्पादित दूग्ध पदार्थको मूल्यमा कटौति गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले जानकारी दिए ।

मन्त्री भुसालले किसानले उत्पादन गरेको दूध पर्याप्त हुँदा बाहिरबाट नल्याइने गरी काम भएको बताए । उनले दूधको कारोबार गर्ने संस्थाहरुले एक महिना भन्दा बढी वक्यौता नगर्न भनिएको उल्लेख गरे ।

लम्पी रोगबाट प्रभाबितहरुलाई राहत दिनका लागि कार्यविधि तयार पारेर अर्थ र गृह मन्त्रालयमा पठाइएको उनले जानकारी दिए । त्यस्तै मन्त्री भुसालले खाद्य तथा दाना पदार्थ लक्षित बजार अनुगमनलाई पनि तीवता दिइएको बताए । सो क्रममा खाद्य ऐन प्रतिकुल उत्पादन गर्ने २ वटा उद्योगलाई सिलबन्दी गरिएको र १९ मुद्धा दायर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ५ : ०९ बजे

मनहरामा सुकुम्बासी मोर्चाको कोणसभा, भदौ १२ देखि अनिश्चितकालीन सत्याग्रहको चेतावनी

भक्तपुर– भक्तपुरको मनहरा क्षेत्रमा वैकल्पिक व्यवस्थापनबिना हटाइएका सुकुम्बासी बस्तीका प्रभावित

म्यान्मामा नदीको बाँध फुट्दा ४० हजार प्रभावित

एजेन्सी– जुलाई –३० देखि अगस्ट –७ सम्मको मनसुनी वर्षाका कारण

बिदाको दिन प्रशासन खुलेपछि राष्ट्रिय परिचयपत्र बनाउन सहज

दमौली– सरकारी कार्यालयमा सामान्यतया सार्वजनिक बिदाका दिन सेवा प्रवाह हुँदैन

हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मन्त्रालय तथा सैन्य स्रोतका अनुसार रणनीतिक यमनी प्रान्तमा हुथी

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

भद्रपुर– पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा