पत्रकारितालाई जीवित बनाइराख्न कार्टुन विधा जोगाउनुपर्छ : अध्यक्ष बस्नेत « Khabarhub

पत्रकारितालाई जीवित बनाइराख्न कार्टुन विधा जोगाउनुपर्छ : अध्यक्ष बस्नेत


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यावसायिकताका लागि काउन्सिलले रचनात्मक काम गरिरहेको जानकारी दिएका छन्। 

काउन्सिलको आयोजना, कार्टुनिस्ट क्लबको संयोजन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नक्सालमा भएको सञ्चार माध्यममा कार्टुन र आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रममा बस्नेतले पत्रकारितामा कार्टुन विधाको व्यवसायिक सुरक्षा आवश्यक रहेको औँल्याए । 

‘कार्टुनले पत्रकारितालाई रचनात्मक र रोचक बनाउँछ । यो हेर्दा नकारात्मक जस्तो लागे पनि यसले दिने सन्देश सधैँ सकारात्मक हुन्छ । पत्रकारिताको विज्ञापन बजार, अनलाइन पत्रकारिता सँगसँगै कार्टुन विधालाई अघि बढाउन पहल जरुरी छ ।’ अध्यक्ष बस्नेतले भने, ‘पत्रकारितालाई जीवित बनाइराख्न पनि कार्टुन विधा बाँच्नुपर्छ । आधुनिक पत्रकारितामा कार्टुनलाई समावेश गर्न सकियो भने पत्रकारिता जीवित रहन्छ ।’ 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति नारदमणि हार्तम्छलीले कार्टुनिस्टका समस्या र व्यावसायिकताका विषयमा राज्यस्तरबाट काउन्सिलले चासो दिएकोमा खुसी व्यक्त गरे । कार्टुनिस्ट क्लबका अध्यक्ष बासु क्षितिजले कार्टुनको मर्म भनेकै विकृति विसंगतिमाथि व्यङ्ग्य भएको उल्लेख गर्दै त्यसमा राज्य जोडिँदा कार्टुनिस्टलाई सधैँभरि असुरक्षाको त्रास हुने गरेको बताए ।

कार्टुनिष्टहरुसँग आचारसंहितासहित काउन्सिलले पहिलोचोटी यो तहको कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै कार्टुनिस्ट रविन सायमी र अविन श्रेष्ठले पत्रकारितासँगै कार्टुन विधाको व्यावसायिक सुरक्षाका निम्ति काउन्सिलले अभिभावकीय भूमिका निभाउनुपर्ने बताए। स्वतन्त्र कार्टुन प्रकाशन गर्दा कानुनमा भएका व्यवस्थाका आधारमा राज्यबाटै असुरक्षित हुनुपरेकाले कानुनका बुँदा सच्याउन दबाब दिनुपर्ने उनहरूको भनाइ थियो ।

कार्टुनिस्ट राजेश केसीले पत्रकारितामा कार्टुनिस्ट भनेर राज्यले परिचय दिन नसक्दा फरक परिचयपत्र बोकेर हिँड्नुपरेको बताए। नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन गर्ने कानुनका दफा पत्रकारिताको हकमा आकर्षक नहुने भन्दै कार्टुनिस्टमाथि कुनै पनि तवरबाट नाजायज दबाब वा असुरक्षा भयो भने नेपाल पत्रकार महासङ्घ त्यसका विरुद्ध लड्ने प्रष्ट पारे ।

कार्टुनिस्ट अशोकमान सिंह तथा ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सौरगङ्गा दर्शनधारी लगायतले कार्टुनिस्टको व्यावसायिक समस्याका विषय भएको छलफल महत्वपूर्ण भएको उल्लेख गरे । कार्यक्रममा वरिष्ठ काटुनिस्ट मोहनश्याम महर्जन खोकनालाई काउन्सिलले सम्मान गरेको थियो । सम्मानपछि बोल्दै कार्टुनिस्ट खोकनाको आफ्नो जन्मस्थलको परिचय सबैतिर पुग्नुपर्छ भन्ने हेतुले आफ्नो नाम नै खोकना राखेको बताए ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र कार्टुनिस्ट रवि मिश्रको कार्यपत्र रहेको थियो । काउन्सिलका सदस्य दीपक पाण्डेले सहजीकरण गरेको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : २४ बजे

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।