राज्यको मिडिया जरुरी छ : पूर्वसञ्चारमन्त्री बास्कोटा « Khabarhub

राज्यको मिडिया जरुरी छ : पूर्वसञ्चारमन्त्री बास्कोटा


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जनतालाई सही रुपमा सुसूचित गर्न राज्यको मिडियाको जरुरी भएको बताएका छन् । रेडियो नेपाल कर्मचारी युनियनले आज बडादसैँका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारी सञ्चारमाध्यमको राज्यका लागि जरुरी भएको बताए ।

“राज्यका सञ्चारमाध्यमको दायित्व नाफा कमाउनु नभई आम नागरिकलाई सुसूचित गर्नु हो”, नेकपा एमालेका पोलिटब्युरो सदस्य बास्कोटाले भने, “रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजानिक प्रसारण सेवा संस्थाका रुपमा रुपान्तरण गर्दा राज्यले यसको स्वायत्तता तथा आर्थिक दायित्व निर्वाह गर्ने गरी ऐन ल्याउनुपर्छ ।”

प्रतिनिधिसभा सदस्य बास्कोटाले जोखिम तथा सङ्कटको समयमा समेत राष्ट्रिय प्रसारणको दायित्व निर्वाह गर्ने रेडियो नेपालको इतिहास र भविष्य पनि बलियो रहेको उल्लेख राज्यले यसको विकास र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताए । रेडियो नेपालको आन्तरिक समस्या समाधानका लागि विभाजनभन्दा व्यवस्थापक र कर्मचारीमा एकताको खाँचो रहेको उनको भनाइ थियो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले भौगोलिक विकटता र जनसाङ्ख्यिक हिसाबले रेडियो नेपाललाई सबैको सहज पहुँचमा पुर्‍याउने गरी आवश्यक काम भइरहेको बताए । उनले सार्वजनिक प्रसारण संस्थाका रुपमा रेडियो नेपाल र नेपाल टेलिभिजन रुपान्तरणको प्रक्रियामा रहेकाले त्यसपछि आउनसक्ने समस्याको समाधान गर्ने गरी ऐनले स्पष्ट पार्नुपर्नेमा जोड दिए ।

पेशागत महासङ्घ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल र सार्वजनिक संस्था राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष इन्दु आचार्यले श्रमिक कर्मचारीका समस्यालाई सरकारले बेलैमा समाधान गर्न आपसी सहयोग र समन्वय जरुरी भएको बताए ।

रेडियो नेपाल कर्मचारी युनियनका अध्यक्ष भरतप्रसाद घिमिरे, रेडियो नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष राजेश श्रेष्ठ र रेडियो नेपाल कर्मचारी सङ्घका उपाध्यक्ष भीम विश्वकर्माले रेडियो नेपालको स्वायत्तत्ता र आर्थिक सबलतामा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : २७ बजे

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन