विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

आज आश्विन २९ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ग्रेटवालमा प्राचीन हतियार भण्डारको भग्नावशेष फेला
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा अवस्थित एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्वविद्हरूले प्राचीन ढुङ्गाको ग्रिनेड फेला पारेका छन् ।

पुरातत्वविद्हरूले ग्रेटवालको छेउमा रहेको उक्त भवन हतियार भण्डारण गर्ने गोदाम रहेको विश्वास गरेका छन् । ‘ग्रेटवालको छेउमा यस्तो हतियार भण्डारण गरेर राखिएको फेला परेको यो पहिलो पटक हो जसले हाम्रो यसअघिको धारणालाई बदलिदिएको छ’, नगरपालिका पुरातत्व संस्थाका अनुसन्धानकर्मी साङ हेङले भने ।

यसअघि पुरातत्वविद्हरूले चार सय वटा त्यस्तै किसिमका ढुङ्गे ग्रिनेड फेला पारेका थिए जुन प्राचीन ग्रिनेडको आदिम संस्करण थिए । मिङ वंश ९सन् १३६८ देखि सन् १६४४ सम्म० को समयमा ग्रेटवालको सुरक्षा गर्न ती हतियारलाई सामान्य हतियार मानिएको थियो ।

‘अविस्मरणीय देखिने यी ढुङ्गाहरूमा बारुद भर्नका लागि बीच भागमा गोलो प्वाल बनाइएको छ, बारुद भरेपछि त्यसलाई बन्द गरेर बाहिर फ्याँक्न सकिन्छ जसले शत्रुलाई मार मात्र हान्दैन शत्रुलाई पराजित गर्न विस्फोट पनि गराउन सक्छ’, साङले भने ।

ग्रेटवालका टावरहरूमाथि शत्रुलाई पराजित गर्न भाँडा, थाल, कचौरा, कैँची, बेल्चा जस्ता भाँडाकुँडासँगै अग्निकुण्ड र स्टोभ पनि राखिएका छन् जसले मिङ वंशमा सीमा रक्षकहरूको दैनिक जीवनलाई झल्काउँछ । उत्खननका क्रममा ढुङ्गाको किल्लासहित सीमा सुरक्षाका लागि अन्य सामग्रीहरू पनि फेला परेका थिए । ग्रेटवालमा धेरै अन्तरसम्बन्धित पर्खालहरू छन् ।

कुनै त दुई हजार वर्ष अघिका पनि छन् । अहिलेको ग्रेटवालको लम्बाई २१ हजार किलोमिटर रहेको छ । सन् २००० देखि २०२२ सम्ममा बेइजिङमा एक सय १० वटाभन्दा बढी ग्रेटवाल संरक्षण परियोजना सम्पन्न भएका छन् ।

चिनियाँ विदेशमन्त्री र रुसी समकक्षीबीच भेट
चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी समकक्षी सर्गेई लाभरोभसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् । विदेशमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत हुन् ।

तेस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ फर इन्टरनेसनल कोअपरेसन ९बीआरआई० को बैठक बस्नुअघि उनीहरूबीच भेटवाता भएको हो । बीआरआईको बैठक बेइजिङमा मङ्गलबारदेखि सुरु हुँदैछ ।

सो अवसरमा चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सी जिन्पिङको प्रमुख परियोजनाका रूपमा रहेको बीआरआईका बारेमा वाङले विगतलाई भविष्यसँग जोड्ने यो वर्ष निकै महत्वपूर्ण रहेको बताए ।

बीआरआईका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा र सहयोगका लागि चीनले सराहना गर्दै विदेशमन्त्री वाङले साझा विकास र समृद्धिलाई अगाडि बढाउने पहलमा सक्रिय रूपमा भाग लिएकामा रुसको स्वागत गरे ।

रुसी विदेशमन्त्री लाभरोभले रुस र चीनले द्विपक्षीय सम्बन्धको विकासमा गति दिएको बताए । रुसले चीनसँग निकट रणनीतिक सञ्चार कायम गर्ने र व्यावहारिक सहयोगलाई गहिरो बनाउने अपेक्षा गरेको छ ।

लाभरोभका अनुसार राष्ट्रपति पुटिन चिनियाँ राष्ट्रपति सीसँग भेट्न र बीआरआई मञ्चमा भाग लिन अत्यन्त उत्सुक रहेको र बीआरआई आयोजनाको सफलताप्रति विश्वास व्यक्त गरेको बताए ।

गाजामा युद्धविराम भएको छैन : इजरायली प्रधानमन्त्री
विदेशी नागरिकहरूलाई इजिप्ट जानका लागि अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सोमबार अस्वीकार गरेको छ ।

यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर जान स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजराइली सेनाले वाचा गरेको छ ।

इजरायल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग्रीहरू प्रवेश गर्न अनुमति दिन उक्त प्रवेशद्वार केही घण्टा खोल्न सहमत भएको समाचारहरूमा बताइएको थियो ।

तर नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमा विदेशीहरूलाई हटाउनुको बदलामा गाजामा युद्धविराम र मानवीय सहायता हाल नरहेको बताएको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार सहायता समूहरूले इजिप्टतिरबाट पर्खिरहेका छन् तर सोमबार रफाहबाट ४० किलोमिटर पूर्व एल–अरिस सहर छोडेका थिएनन् ।

सोमबार बिहान इजरायली सेनाले सर्वसाधारणलाई गाजापट्टीबाट दक्षिणतिर जाने र सम्भावित जमिन आक्रमण गर्न चिह्न लगाइएको दुई वटा सडकमा हमला नगर्ने बताएको थियो ।

इजरायल-गाजा युद्धको छायाँमा चीनद्वारा शिखर सम्मेलनको तयारी
चीनले सोमबार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजराइल(गाजा युद्धले ओझेलमा पार्नेछ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चका शीर्ष आमन्त्रितहरूको सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन रहेका छन् । युक्रेनमा आक्रमण गरेसँगै आफ्नो शासन विश्वमाझ एक्लिएपछि विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश यात्रा हुनेछ ।

बीआरआईको एक दशकको अवसरमा आयोजना हुन लागेको सम्मेलनमा चिनियाँ राजधानी बेइजिङमा विश्वका नेताहरू जम्मा हुन थालेका छन् । चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सि जिनपिङको बीआरआई एउटा प्रमुख परियोजना हो । चीनले मञ्चमार्फत आफ्नो स्थान विश्वको अग्रणी शक्तिको रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिरहेको बेला प्यालेस्टिनी लडाकु सङ्गठन हमाससँगको इजरायलको युद्धले निरन्तर महत्व पाएको छ ।

हमास इस्लामिक लडाकूहरूले अक्टोबर ७ मा इजरायलमा भीषण रकेट हमला गरेपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासको आक्रमणमा इजरायलमा एक हजार चार सयभन्दा बढी मारिएका छन् । हमास शासित हमास गाजा पट्टीमा इजरायली बमबारीपछि उक्त क्षेत्रबाट १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडेर भागेका छन् । गाजामा इजरायली हमलामा कम्तीमा दुई हजार छ सय ७० जनाको मृत्यु भएको छ र मर्नेहरूमा अधिकांश सर्वसाधारण रहेका छन् ।

चीनका विदेशमन्त्री वाङ यीले गाजामा इजरायलको कारवाही ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको भन्दै गाजामा नागरिकहरूको सामूहिक सजाय इजरायली सरकारले बन्द गर्नुपर्ने बताएका छन् ।

‘इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामूहिक सजाय बन्द गर्नुपर्छ’, उनले आइतबार गरे । वाङको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको टिप्पणी मध्येकै कडा हो ।

आफ्नो विज्ञप्तिमा इजराइल–गाजा द्वन्द्वमा विशेषगरी हमासको नाम उल्लेख नगरेको भन्दै पश्चिमी अधिकारीहरूले बेइजिङको आलोचना गरेका छन् । विदेशमन्त्री वाङले आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले चीनलाई मध्यपूर्वमा आफ्नो ‘प्रभाव’ गरेर शान्ति कायम गर्न आग्रह गरेका थिए ।

चीनको इरानसँग न्यानो सम्बन्ध छ । इरानको सर्वोच्च नेतृत्वको हमास र हेज्बोल्लाह दुवैलाई समर्थन छ । हेज्बोल्लाह लेबनानी लडाकु समूह हो जसले इजरायलविरुद्ध युद्धको दोस्रो मोर्चा खोल्न सक्छ ।

यसै वर्षको सुरुमा चीनले पूर्व क्षेत्री शत्रुहरू इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेको थियो । इजरायल–हमास द्वन्द्वको युद्धविराम गर्न र शान्ति वार्तालाई अघि बढाउन बेइजिङका विशेष दूत झाई जुनले यसै साता मध्यपूर्वको भ्रमण गर्नुहुने चीनको सरकारी प्रसारक संस्था सिसिटिभीले आइतबार बताएको थियो । यद्यपि सिसिटिभीले मध्यपूर्वको कुल मुलुकको भ्रमण हुने हो भन्ने केही उल्लेख गरेन ।

रणनीतिक निर्भरता

मङ्गलबारदेखि सुरु हुने दुई दिने बीआरआईको मञ्चमा सहभागी हुन विभिन्न देशका नेताहरू बेइजिङ पुगिसकेका छन् । बेइजिङ आइपुगेका नेताहरूमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, चिलीका राष्ट्रपति ग्याब्रियल बोरि, केन्याका राष्ट्रपति विलियम रुटो र इथियोपियाका प्रधानमन्त्री अबी अहमद छन् ।

सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बेइजिङ उडे र केही घन्टामै चिनियाँ विदेशमन्त्री वाङसँग वार्ता गरेका छन् । रुसी राष्ट्रपति पुटिन राति आउने अपेक्षा गरिएको छ । छिमेकी मुलुक युक्रेनमाथिको आक्रमणका कारण आफ्नो देशलाई अन्तर्राष्ट्रियरूपमा एक्ल्याएपछि पुटिनको चीनमाथिको रणनीतिक निर्भरता बढेको छ ।

यो वर्ष चीन र रुसबीचको व्यापार युक्रेनमाथि मस्कोको युद्ध सुरु भएदेखि नै नगन्य स्तरमा बढेको छ । रुसी तेलको चिनियाँ आयातले अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको रुसको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान गरेको छ ।

आफूलाई तटस्थ पक्षको रूपमा स्थापित गर्न चीनले युक्रेनमाथिको युद्धको आलोचना गर्न अस्वीकार गरेको छ । तर यही बेला उसले मस्कोलाई महत्वपूर्ण कूटनीतिक र वित्तीय सहयोगको प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : ५९ बजे

स्वतन्त्रबाट जितेकै कारण बालेनलाई असफल बनाउन खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले स्वतन्त्ररुपमा

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमण, १८ इजरायली सैनिक घाइते

एजेन्सी– इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा

आरजु राणाले हालिन् नौवटा टेलिभिजनविरुद्ध उजुरी

काठमाडौं- नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणाले विभिन्न नौवटा टेलिभिजनविरुद्ध

प्रतिमाको प्रश्न- के सरकार व्यवसायीलाई पनि विदेशिन बाध्य बनाउँदैछ ?

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सरकार देशमा रोजगारी सिर्जना

५४ ग्रामका सुनका बालासहित एकजना पक्राउ, भन्सार छलेको आरोप

काठमाडौं- भन्सार छलेर ल्याएको सुनको कारोबार गरेको अभियोगमा प्रहरीले एकजनालाई