चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो « Khabarhub

चैतमा फुल्ने ‘पलम’ असोजमै फुल्यो


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ। स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो।

विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताए। “विगतमा फागुन÷चैतमा फूल फुल्थ्यो। यसवर्ष भने असोजमै फुल्न थालेको छ”, उनले भने।

यहाँ प्रायःसबै घरमा पलमका बोट छन्। तीमध्ये पुनले लगाएको फूल फुल्न थालेको हो। गएको वर्ष पनि छिल्लीकोटमा पुसमै काफल पाकेको थियो।

वनस्पतिविज्ञ खेमराज शर्मा यसरी समयभन्दा अगाडि फुल्नु जलवायु परिवर्तनको असर रहेको बताउँछन्। “तापक्रम उच्च हुँदा यसरी समयभन्दा अघि फुल्ने हुन्छ। हाल हरेक वनस्पतिमा यस्तै समस्या देखिएको छ”, उनले भने।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ७ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार