पाकिस्तान क्रिकेट टिमका कप्तानको राजीनामा | Khabarhub Khabarhub

पाकिस्तान क्रिकेट टिमका कप्तानको राजीनामा


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा जारी एकदिवसीय विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन्।

बुधबार बाबरले सामाजिक सञ्जालमार्फत् आफूले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् पाकिस्तानको टेस्ट, एकदिवसीय र टी–२० टिमको कप्तान पद त्याग गरेको घोषणा गरेका हुन्।

भारत विश्वकपमा खराब प्रदर्शन गरेपछि उनको चर्को आलोचना भएको थियो। विश्वकप क्रिकेटमा समूह चरणका ९ खेलमध्ये ४ मा मात्र विजयी भएको पाकिस्तान सेमिफाइनल पुग्न नसकेपछि कप्तानको राजीनामा आएको हो।

कप्तान बाबरले भारत विश्वकपका नौ खेलमा ३२० रन बनाएका थिए। बाबर सन् २०१९ मा पाकिस्तान क्रिकेटको कप्तान बनेका हुन्। एकदिवसीय ब्याटिङ वरियताको शीर्ष स्थानमा रहेका उनलाई यही महिना भारतका शुभमन गिलले पछि पारेका थिए।

समूह चरणका खेलमा भएको पाकिस्तानको प्रदर्शनपछि समर्थक र शुभेच्छुकले व्यापक असन्तुष्टि जनाएपछि बाबरको राजीनामा आएको अनुमान गरिएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ५ : ५४ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा