पाकिस्तान क्रिकेट टिमका कप्तानको राजीनामा « Khabarhub

पाकिस्तान क्रिकेट टिमका कप्तानको राजीनामा


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा जारी एकदिवसीय विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन्।

बुधबार बाबरले सामाजिक सञ्जालमार्फत् आफूले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् पाकिस्तानको टेस्ट, एकदिवसीय र टी–२० टिमको कप्तान पद त्याग गरेको घोषणा गरेका हुन्।

भारत विश्वकपमा खराब प्रदर्शन गरेपछि उनको चर्को आलोचना भएको थियो। विश्वकप क्रिकेटमा समूह चरणका ९ खेलमध्ये ४ मा मात्र विजयी भएको पाकिस्तान सेमिफाइनल पुग्न नसकेपछि कप्तानको राजीनामा आएको हो।

कप्तान बाबरले भारत विश्वकपका नौ खेलमा ३२० रन बनाएका थिए। बाबर सन् २०१९ मा पाकिस्तान क्रिकेटको कप्तान बनेका हुन्। एकदिवसीय ब्याटिङ वरियताको शीर्ष स्थानमा रहेका उनलाई यही महिना भारतका शुभमन गिलले पछि पारेका थिए।

समूह चरणका खेलमा भएको पाकिस्तानको प्रदर्शनपछि समर्थक र शुभेच्छुकले व्यापक असन्तुष्टि जनाएपछि बाबरको राजीनामा आएको अनुमान गरिएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ५ : ५४ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई