महिला टी-२० सिरिज : आज नेपालको प्रतिस्पर्धा हङकङसँग « Khabarhub

महिला टी-२० सिरिज : आज नेपालको प्रतिस्पर्धा हङकङसँग


३० कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा आज नेपालले हङकङको सामना गर्दैछ। नेपाल र हङकङको खेल आज बिहान पौने १२ बजे सुरु हुँदैछ।

पहिलो खेलमा तान्जिनियाँसँग २७ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ। नेपाल पहिलो जितको खोजीमा हुँदा घरेलु टोली हङकङ भने लगातार जितको लक्ष्यसहित मैदानमा हुनेछ।

बुधबार भएको खेलमा हङकङले भने जापानमाथि ९ विकेटको फराकिलो जित निकालेको थियो।

यो सिरिजमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापानले प्रतिस्पर्धा गर्दैछन्। नेपालले मङ्सिर २ गते जापानसँग अर्को खेल खेल्ने तालिका छ।

शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन्। त्यस्तै तेस्रो स्थानको प्रतिस्पर्धासमेत सोही दिन हुनेछ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ६ : ४७ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व