सवारी दुर्घटनामा दुई जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  

धरान उपमहानगरपालिका–६  मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए। दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रविना मगर घाइते भएका छन् । 

को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकोमा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । फरार भएका टेम्पोका चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

त्यसैगरी मोटसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सुनसरीको इनरुवा-३ का ६० वर्षीय बालकुमार खतिवाडाको बुधबार निधन भएको छ । बा२७प ८७०१ नंको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । 

खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए। 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ७ : ४२ बजे

चन्द्रविनायक तथा भैरवनाथ जात्रा सकियो

काठमाडौं – चन्द्रविनायक तथा भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर

रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

मस्को – रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या

नेपाल सुपर लिग : लुम्बिनी एफसीविरुद्ध धनगढीको जित

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको

फिफा वरियतामा नेपाल दुई स्थान तल झर्‍यो

काठमाडौं – फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

कर्णाली – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी