धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते  | Khabarhub Khabarhub

धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते 


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

जानकी– बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर बिक घाइते भएका हुन् । 

विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । 

घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताएका छन् । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  १० : ४४ बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा