दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना « Khabarhub

दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना


३० कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ ।

नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार घाइते दुबै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ३ : ०९ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो