विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको सेमिफाइनल वर्षाले प्रभावित « Khabarhub

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको सेमिफाइनल वर्षाले प्रभावित


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । इडेन गार्डेन कोलकातामा जारी खेलमा अहिले दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा भइरहेको छ । दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

यद्यपि १४ ओभर ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल प्रभावित भएको हो ।

पाँच पटकको विश्वकप च्याम्पियन अष्ट्रेलियाले सुरुवाती दुई खेलमा हारपछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । दक्षिण अफ्रिका दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।

यसअघि न्यूजिल्याण्डलाई हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ३ : ३६ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन