क्रिकेट

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको सेमिफाइनल वर्षाले प्रभावित

By खबरहब

November 16, 2023

काठमाडौँ- भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको छ । इडेन गार्डेन कोलकातामा जारी खेलमा अहिले दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा भइरहेको छ । दक्षिण अफ्रिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

यद्यपि १४ ओभर ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल प्रभावित भएको हो ।

पाँच पटकको विश्वकप च्याम्पियन अष्ट्रेलियाले सुरुवाती दुई खेलमा हारपछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । दक्षिण अफ्रिका दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको हो ।

यसअघि न्यूजिल्याण्डलाई हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ ।