निर्माताले ‘दिमाग खराब’ को प्रदर्शन रोक्ने घोषणा गरेसँगै खैलाबैला « Khabarhub

निर्माताले ‘दिमाग खराब’ को प्रदर्शन रोक्ने घोषणा गरेसँगै खैलाबैला


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शो संख्या र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ का निर्माताले प्रदर्शन रोक्ने घोषणा गरेसँगै खैलाबैला सुरु भएको छ ।

निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै भनेका छन्– हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबरी शो प्रदान गरिँदैन तथा फिल्म प्रदर्शन भैरहञ्जेल बराबरी सेयर बाँडफाँड हुँदैन तबसम्म नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेका छौं ।

यसबारे निर्देशक बस्नेतले फेसबुक लाइभमार्फत पनि जानकारी गराएका थिए । उनले भनेका छन्– ‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ? जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौं ।’

उनका अनुसार अहिले विदेशी फिल्मले १० वटा शो पाउँदा चलचित्र दिमाग खराबले ३ देखि ४ वटा मात्रै पाएको छ । नेपाली चलचित्रलाई हलहरुले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको समेत उनले बताएका छन् ।

‘कसैलाई निहुँ खोज्न, रिस राखेर यो गरेको होइन । सबैले व्यापार गरेपछि राम्रो फल आओस् भन्ने आशा गर्नु हुन्छ, त्यति मात्र गरेको हो’, बस्नेतले प्रष्टीकरण दिएका छन्, ‘चुनौती लिएरै यो निर्णय गरेका छौं, अफिसियल लेटरमा लेखेर पनि चाँडै सार्वजनिक गर्छौं ।’

बस्नेतले ‘वर्ड अफ माउथ’ राम्रो हुँदै गएपनि हलहरुले शो नदिएको गुनासो गरे । उनले विदेशी फिल्म बराबर आफूहरुलाई शो दिनुपर्ने समेत बताए । ‘जतिसम्म शो चलिरहन्छ त्यतिञ्जेल प्रोड्यूसरले ५०र५० प्रतिशत शेयर समेत पाउनुपर्छ भन्ने हाम्रो माग हो’, बस्नेतले भने ।

उनका अनुसार, पहिलो र दोस्रो हप्ता फिल्म लाग्दा निर्माताहरुले आम्दानीको ५० प्रतिशत पाउँछन् भने वितरकहरुले ५० प्रतिशत राख्छन्, त्यसमा डिस्ट्रिब्युटरको शेयर, करहरु लगायत काटिन्छ ।

‘तेस्रो हप्तामा निर्माताले पाउने भनेको ३५ प्रतिशत हो, फिल्मको वर्ड अफ माउथ राम्रो हुँदै अहिले बल्ल अकुपेन्सी दैनिक बढिरहेको छ’, बस्नेतले भने, ‘हल भरिँदै गएको छ, तर शो घट्दै गएको छ । विदेशी फिल्मको व्यापार घट्दै जाँदा मात्र बढी पाउने हिसाबको देखिएको छ, त्यतिबेला निर्माताले कति प्रतिशत पाउँछन् ?’

फिल्म निर्माणमा चार करोड रुपैयाँभन्दा बढी खर्च भएको समेत उनले बताएका छन् । ‘हामीले व्यापार मात्र हेरेका होइनौं, तर कामको मूल्य त हुनुपर्‍यो भन्ने हो’, बस्नेतले भनेका छन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ४ : ०५ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

दाङ– घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले

२५ वर्षमा २६ लाख पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५

राप्ती तटीय क्षेत्रका स्थानीयबाट डुवान–कटान समस्या सुल्झाउन आग्रह

बाँके– बाँकेको राप्ती तटीय क्षेत्रका स्थानीयले बस्ती डुबान र कटानको

वीरगञ्ज भन्सारको राजस्व : पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र